नेपाली उपभोक्तालाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले नेपालकै पहिलो क्युएलईडी कारावके टेलिभिजन सार्वजनिक गरेको छ। ५५ इन्चको सीजी मेरिडिया कारावके क्युएलईडी टिभी नाम दिइएको सो टेलिभिजनमा क्युएलईडी डिस्प्ले र इनबिल्ट कराओके प्रणाली एउटै उपकरणमा उपलब्ध रहेको छ ।
चौधरी ग्रुप अन्तर्गतको प्रमुख उपभोक्ता प्रविधि ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले 'लेभल अप' अभियानअन्तर्गत सार्वजनिक गरेको उक्त उत्पादनलाई कम्पनीले नेपाली मनोरञ्जन संस्कृतिमा नयाँ अध्यायको रूपमा प्रस्तुत गरेको छ ।
टेलिभिजनले प्रयोगकर्तालाई टेलिभिजन हेर्ने मात्र नभई गाउने, रमाउने र आफ्नै प्रस्तुति दिने अवसर समेत दिनेछ। टेलिभिजनमा क्वान्टम डट प्रविधिसँग युक्त क्युएलईडी प्लस फोरके अल्ट्रा एचडी डिस्प्ले, एचडीआृ टेन प्लस सपोर्ट, एन्टि गेलेर स्क्रिन, र झिनो बेजलसहितको इन्फाइनाइट स्क्रिन डिजाइन समावेश गरिएको छ।
थप आकर्षक विशेषता स्वरूप यसमा इनबिल्ट कारावके सिस्टम दिइएको छ, जसमा डुअल माइक इनपुट, भोकल इफेक्ट तथा गीतहरूको लायब्रेरी समावेश छ।
साथै, यसमा रहेको अडियो ड्रम बास इञ्जिन र टिभीमै एकीकृत सिनेमा साउन्डबार प्रणालीले कराओके गायन अनुभवलाई थप सशक्त बनाउने कम्पनीको दाबी छ।