कीवर्डहरू -

कक्षा १२ को नतिजा सार्वजनिक, अनलाइनबाट यसरी हेर्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक, अनलाइनबाट यसरी हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार साझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । 

नेपाल टेलिकमका प्रयोगकर्ताले नतिजा १६०१ मा फोन गरेर, *१६००# डायल गरेर, NEB स्पेस सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएसमा पठाएर र neb.ntc.net.np मा गएर हेर्न सकिने छ । 

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np बाट पनि नतिजा थाहा पाउन सकिने छ ।

यस्तै आधिकारिक विद्यालय कर्मचारीहरूले आफ्नो विद्यालयको लेजर nebadmin.ntc.net.np वेबसाइटबाट हेर्न र डाउनलोड गर्न सक्ने छन् । अनलाइनमा नतिजा आउन केही समय लाग्न सक्ने छ । 

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।