राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । प्राविधिक समस्या नआएनमा सोमबार साँझसम्म नतिजा सार्वजनिक हुनेछ ।
कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि साँझ ५ बजे बैठक बस्दै छ । परीक्षाफल प्रकाशित भएपछि परीक्षार्थीहरूले आफ्नो ग्रेडसिट हेर्नका लागि neb.ntc.net.np मा गएर हेर्न सक्ने छन् ।
यस्तैआधिकारिक विद्यालय कर्मचारीहरूले आफ्नो विद्यालयको लेजर nebadmin.ntc.net.np वेबसाइटबाट हेर्न र डाउनलोड गर्न सक्ने छन् ।
कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।