कीवर्डहरू -

क्लासिक टेकले सुरु गर्‍यो देशव्यापी सर्भिस सपोर्ट क्याम्प

क्लासिक टेकले सुरु गर्‍यो देशव्यापी सर्भिस सपोर्ट क्याम्प

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभर ‘सर्भिस सपोर्ट क्याम्प’ सञ्चालनमा ल्याएको छ। इन्टरनेट प्रयोगकर्ताको समस्या तत्काल समाधान गर्ने उद्देश्यले सुरु गरिएको यस क्याम्पमार्फत ग्राहकको घरमै पुगेर सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

सपोर्ट क्याम्प अन्तर्गत इन्टरनेटसम्बन्धी चेतनामूलक सन्देश प्रवाह, तुरुन्त फिल्ड सपोर्ट, राउटर सट्टा, स्पिड टेस्ट, फाइबर परिवर्तन, सुस्त इन्टरनेट समाधान जस्ता सेवा प्रदान गरिनेछ। यस अभियानमा सम्बन्धित क्षेत्रका प्राविधिक प्रमुख, शाखा प्रमुखलगायतको टोलीको उपस्थिति रहनेछ।

सपोर्ट क्याम्प साउन २२ गतेदेखि २४ गतेसम्म तीन दिन विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ।

  • साउन २२ गते बिहिबार — हेटौंडा–४ हुपरचौर बजार, पोखरिया हाटबजार, भरतपुरको भोजाड प्रगतिटोल
  • साउन २३ गते शुक्रबार — पर्सौनी हाटबजार, चितवनको टाँडी बजार, सिम्रौनगढको गदिमाई मन्दिर
  • साउन २४ गते शनिबार — राधेराधे भाटभटेनी, सूर्यविनायक, ठिमी, सानोगाउँ इमाडोल, लुबु

उक्त सबै स्थानमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सेवा दिइनेछ। कम्पनीले प्रत्येक स्थानबाट कम्तीमा ५० जना ग्राहकलाई प्रत्यक्ष सेवा दिन सकिने लक्ष्य राखेको छ। क्लासिक टेकले यस क्याम्पमार्फत इन्टरनेट सेवा अनुभवलाई थप सहज, प्रभावकारी र विश्वासिलो बनाउने विश्वास व्यक्त गरेको छ।

सपोर्ट क्याम्पबारे थप जानकारी लिन वा सेवा लिन चाहनेले क्लासिक टेकको अधिकारिक फेसबुक पेज, वेबसाइट, मोबाइल एप्लिकेशन वा ९८०१००६६३३ मा सम्पर्क गर्न सक्नेछन्।