अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले यस वर्षको दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘२ वर्ष इन्टरनेट १ वर्षको मूल्यमा’ योजना ल्याएको हो ।
अफर अन्तर्गत, ग्राहकहरूले ७० एमबिपिए इन्टरनेट जडान गर्दा मात्र प्रतिमहिना ४४३ रूपैयाँमा वाई-फाई सिक्स राउटर पाउन सक्नेछन् । कम्पनीका अनुसार वाई-फाई सिक्सले एउटै नेटवर्कमा ५० भन्दा बढी डिभाइस सपोर्ट गर्न सक्छ, जसले गर्दा घर वा कार्यालय दुवैका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।
साथै, यसमा कम लेटेन्सी, डबल ब्याण्ड (2.4GHz र 5GHz) तथा ब्याट्री बचत जस्ता विशेषता रहेका छन् ।
क्लासिक टेकले यो अफरलाई अन्य इन्टरनेट प्लानहरू—१००, २०० र ३०० एमबिपिएस सम्म—मा समेत लागू गर्ने बताएको छ । साथै, कम्पनीले इन्टरनेटसँगै प्रतिमहिना २५० रूपैयाँमा स्मार्ट सेट–टप बक्स मार्फत विभिन्न च्यानल हेर्न सकिने आईपीटीभी सेवा पनि उपलब्ध गराएको छ ।
कम्पनीले दशैं अफरमार्फत ग्राहकलाई उच्च स्पीड, भरपर्दो इन्टरनेट र प्रविधिमा नवीनतम सुविधा उपलब्ध गराउने दाबी गरेको छ ।
थप जानकारीका लागि ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइट www.classic.com.np वा 9709184147 मा सम्पर्क गर्न सक्नेछन् ।