कीवर्डहरू -

बुटवल र धनगढीमा किशोरीहरूका लागि कोडिङ वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवल र धनगढीमा किशोरीहरूका लागि कोडिङ वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा बुटवल र धनगढीमा किशोरीहरूका लागि कोडिङ वर्कशप हुने भएको छ ।

बुधबार बुटवलको होटल पाम इन्टरनेशनल र बिहीबार धनगढीको सौराई स्क्वायरमा कोडिङ वर्कशप हुँदैछ । यस कार्यक्रममा किशोरीहरू सहभागी हुन सक्ने छन् ।

प्रविधिमा रूची भएका किशोरीहरूलाई लक्षित गर्दै  कोडिङ वर्कशप आयोजना गरिएको हो । यसले किशोरीहरूलाई कोडिङमा दक्ष बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । 

यदी तपाई बुटवलमा बुधबार हुने वर्कशपमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी बिहीबार धनगढीमा हुने कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि सहभागीताका लागि तपाईले गूगल फर्म भर्नुपर्नेछ । अनि मात्रै कोडिङ वर्कशपमा सहभागी हुन पाउनु हुनेछ । 

यसअघि २३ मेमा होटल हिमालयमा गर्ल्स इन आइसिटीको अवसरमा गर्ल्स इन आइसिटी नेपाल कन्फेरेन्स आयाेजना गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप बुटवल र धनगढीमा कार्यक्रम हुन लागेको हो ।