एप्पलले केही समयअघि सार्वजनिक गरेको आईफोन १७ सिरिजपछि प्रयोगकर्ताहरूले आईफोन १७ प्रोको पछाडिको 'दुई टोन' फिनिशप्रति असन्तुष्टि जनाएका छन्। धेरैले यो डिजाइनलाई असमान भनी आलोचना गरेका छन्।
रिपोर्टहरूका अनुसार कम्पनीले आउने आईफोन १८ प्रो सिरिजमा यस कमजोरीलाई समाधान गर्ने तयारी गरिरहेको छ। नयाँ मोडेलमा एलुमिनियम फ्रेम र ग्लास ब्याकलाई अझ प्रभावकारी रूपमा मर्ज गर्ने योजनाबारे उल्लेख गरिएको छ, जसले फोनलाई एकरूप र प्रिमियम देखिने बनाउने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार आईफोन १७ प्रोमा ग्लास र एलुमिनियमको मिश्रण वायरलेस चार्जिङ्–कोइलको पोजिसनका कारण गरिएको थियो। तर यही संरचनाले युनिबडी शैली भंग भएको आरोप खेपेको छ, जसका कारण प्रयोगकर्ताहरूको असन्तुष्टि बढेको बताइएको छ।
रिपोर्टअनुसार आईफोन १८ प्रोमा ब्याक ग्लास रिप्लेसमेन्ट प्रक्रिया परिवर्तन गरिनेछ, जसले सामग्रीहरूबीचको कन्ट्रास्ट हटाई स्मूद र सोलिड देखिने डिजाइन प्रदान गर्ने अपेक्षा छ।
थप रूपमा, केही रिपोर्टहरूले कम्पनीले २०२६ मा तीन प्रमुख मोडेल : आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आईफोन फोल्ड मात्र सार्वजनिक गर्नसक्ने संकेत दिएका छन् भने बेस मोडेल आईफोन १८ सम्भवतः २०२७ को सुरुवातमा बजारमा आउने बताइएको छ।
आईसीटी समाचार