नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ ‘क्रेटा ईभी’ सार्वजनिक गरेको छ ।
नयाँ क्रेटा ईभी आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउने कम्पनीको भनाइ छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टका विषयमा शंका हुने गर्दछ ।
तर, हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडेलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडेलमा एउटै प्ल्याटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ ।
लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टम अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरिका विभिन्न ठाउँमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको कम्पनीले जनाएको छ । यसले गर्दा ग्राहकलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने कम्पनीको दाबी छ ।