कीवर्डहरू -

साइबर भिजन २०२५ सम्पन्न, साइबर सुरक्षाको अवस्था, चुनौती र समाधानका विषयमा छलफल

साइबर भिजन २०२५ सम्पन्न, साइबर सुरक्षाको अवस्था, चुनौती र समाधानका विषयमा छलफल

साइबर सुरक्षा सम्बन्धि क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको ‘साइबर भिजन २०२५’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेपालका लागि युएईका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अलशामसीले गरेका थिए । 

युएईको साइबर सेक्यिरिटी कम्पनी एरोनेक्सले नेपालको डाफेलिंक र एनसेल बिजनेससँगको सहकार्यमा काठमाडौंको शंकर होटलमा आयोजना गरेको एक दिने कार्यक्रममा डिजिटल सुरक्षाको वर्तमान अवस्था, भविष्यका चुनौती र समाधानका उपायहरूमाथि किनोट प्रस्तुती र प्यानल छलफल गरिएको थियो । 

कार्यक्रममा वक्ताको रूपमा एरोनेक्सका सीईओ सुजित कुमार, साइबर सेक्युरिटी विज्ञ दिपक चेरापारम्बिल, सिसियनका ग्लोबल च्यानल तथा पार्टनरसीप प्रमुख यशेश वैश्नव, साइबर सेक्युरिटी आर्किटेक्ट निलेश मोजिद्रा, इन्फ्राअनका मध्यपूर्व, पूर्वीभारत र सार्कका निर्देशक अभिरूप सरकार, साइबर दिस्टीका सीईओ जिबु जोन, विथसेक्योरका उपाध्यक्ष पाओलो पालुम्बो, आइसिटी विज्ञ हेमपाल श्रेष्ठ, साइबर ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीको सहभागीता रहेको थियो । 

यस बाहेक ईप्रोटेक्ट ३६० का संस्थापक कुनाल पन्चामिया, नेपाल क्लियरिङ हाउसका सूचना सुरक्षा अधिकृत सामान्त आचार्य, एनसेलका चिफ बिजनेस अधिकृत डायन एसेन्सियो, आईएमई खल्तीका सूचना सुरक्षा अधिकृत अभिषेक भट्टराई लगायत थिए । 
कार्यक्रममा विशेष गरी साइबर सुरक्षा विज्ञ, प्राविधिकृत अधिकृत, सूचना सुरक्षा अधिकृत, विश्लेषक लगायत साइबर सुरक्षामा काम गर्ने विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा विश्वस्तरीय साइबर सेक्युरिटी कम्पनी विथ स्क्योर, साइबर दिष्टि, ईप्रोटेक्ट ३६०, सिसियन, इन्फ्राअन, भिप्रे, आईसटाना एआई जस्ता कम्पनीहरूको समेत सहभागीता रहेको थियो ।