कीवर्डहरू -

साइबर सुरक्षा विशेषज्ञहरूको सिफारिस: पासफ्रेज विधि नै बलियो पासवर्डको उपाय

साइबर सुरक्षा विशेषज्ञहरूको सिफारिस: पासफ्रेज विधि नै बलियो पासवर्डको उपाय

साइबर सुरक्षा विशेषज्ञहरूले बलियो पासवर्डका लागि पासफ्रेज (Passphrase) विधि वा वाक्य-आधारित पासवर्ड (Sentence-Based Password) सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै आएका छन् । 

प्रायः मानिसहरू जटिल पासवर्ड बनाउने क्रममा भुल्ने समस्या भोग्ने भएकाले, यो विधि सजिलो र सुरक्षित समाधानको रूपमा देखिएको छ।

विशेषज्ञहरूले प्रारम्भिक अक्षर प्रविधि, मिश्रित/जटिल प्रविधि र प्रो लेवल विधि तीन तहमा पासवर्ड बनाउन सकिने बताएका छन्।

  • शुरुवाती अक्षर प्रविधि (Initial-letter technique ): Mjhsm6bjeCphI

  • मिश्रित (जटिल) प्रविधि (Mixed/complex technique ): Mujhe6BajeChai@PasandHai

  • प्रो लेवल (Pro level): M@herSubah6BajeChaiPasandHai23

फाइदा: तपाईंले मात्र आफ्नो वाक्य याद राख्नुहुन्छ र पासवर्ड आफैं सम्झन सजिलो हुनेछ; तर ह्याकरका लागि यो पहेली हुन पुगेकोले तोड्न गाह्रो पर्छ।

मजबुत पासवर्ड

  • लामो पासवर्ड: पासवर्ड कम्तीमा १२–१६ अक्षरको हुनुपर्छ।

  • विविधता: ठूलो अक्षर (A), सानो अक्षर (a), नम्बर (0–9) र विशेष क्यारेक्टर (@, #, $ इत्यादि) समावेश गर्नुपर्छ।

  • अलग-अलग पासवर्ड: हरेक अकाउन्ट (बैंक, ईमेल, फेसबुक आदि) का लागि फरक पासवर्ड राख्नुस् — एक लीक भयो भने सबै जोखिममा पर्न नदिन।

  • टू-फ्याक्टर अटेन्टिकेसन (Two-Factor Authentication ) सधैं सक्रिय राख्नुहोस्; यसले पासवर्डपछि सुरक्षा को दोस्रो पर्खाल (OTP — वन-टाइम पासवर्ड) खडा गर्छ।

  • पासवर्ड म्यानेजरको प्रयोग: यति धेरै पासवर्डहरू सम्झन मुस्किल छ भने भरोसायोग्य पासवर्ड म्यानेजर प्रयोग गर्नुस् — जस्तै LastPass र Bitwarden।

ह्याकरका उपकरणहरू कसरी फेल हुन्छन्?

ह्याकरहरू प्रायः डिक्सनरी अट्याक र सामान्य नम्बरहरू छिटो आजमाउने सफ्टवेयर प्रयोग गर्छन्। तर जब तपाईं पूरै वाक्य (पासफ्रेज) प्रयोग गर्नुहुन्छ, क्र्याक हुने सम्भावना अत्यन्तै कम हुन्छ, आधुनिक मेसिनहरूले समेत यसलाई क्र्याक गर्न वर्षौँ लिन सक्छन्।

अरू ध्यान दिनुपर्ने कुराहरू

  • आफ्नो पासवर्ड कसैसँग कहिल्यै सेयर नगर्नुहोस्।

  • सार्वजनिक Wi-Fi मा बैंकिङ् वा संवेदनशील अकाउन्ट नखोल्नुहोस्।

  • मुख्य पासवर्डहरू प्रत्येक ३–६ महिनामा परिवर्तन गर्दै जानुहोस्।