कीवर्डहरू -

डेटा हबलाई नेशनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) प्रदान

डेटा हबलाई नेशनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) प्रदान

नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) डेटा हब प्रालिले प्राप्त गरेको छ । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डेटा हबलाई प्राईभेट तर्फको नेशनल आइसिटी अवार्ड २०२४ प्रदान गरेको हो । 

डेटा सेन्टर र क्लाउड सेवा प्रदायकको रूपमा देशको सूचना प्रविधिको क्षेत्रमा योगदान गर्ने कम्पनी डेटा हबलाई नेशनल आईसीटी अवार्ड प्रदान गरिको छ । 

डेटा हबले नेपालमै पहिलो पटक डेटा सेन्टर स्थापना गरि साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको छ ।

डेटा हब प्रालि, नेपालको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ । 

डेटा सेन्टरको क्षेत्रमा एक दशक बढी सेवा दिइसकेको कम्पनीले बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी कम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७00 बढि साना तथा ठूला व्यवसायलाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । 

कम्पनीले गूगल, फेसबुक, अकामाई जस्ता विश्व प्रशिद्ध संस्थालाई पनि नेपालको लागि डेटा सेन्टर सुविधा प्रदान गर्दै आएको छ । क्लाउड सर्भिसको लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एति क्लाउड पनि सञ्चालनमा रहेको छ । 
सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मा पनि निरन्तर सेवा प्रवाह गरेको डेटा हबले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिदै आएको छ । 

सुरक्षाका लागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटा हबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ भने काठमाडौं र बुटवल र्याकको क्षमता बढाउँदै गएको छ । कम्पनीले ५० जना बढिलाई रोजगारी दिइरहेको छ ।