लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नतिर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ ।
ऋण तथा त्यसको ब्याज पटक–पटक ताकेता गर्दा पनि नतिरी सम्पर्कमा समेत नरहेको व्यक्तिहरूको विवरण बैंकले सार्वजनिक गरेको हो ।
बैंकले फोनलोन लिने ऋणीलाई कर्जा चुक्ता गर्न आउन ३५ दिनको समय दिएको छ । उक्त समयभित्र कर्जा चुक्ता नगर्ने ऋणीलाई कालोसूचीमा राखेर कारवाहीसहित आवश्यक कानूनी प्रक्रिया पूरा गरेर बैंकले लिनुपर्ने रकम अशुल गर्ने सूचनामा भनिएको छ ।
बैंकले मोबाइल बैंकिङ एपबाट २ लाख रुपैयाँसम्मको फोन लोन सुविधा प्रदान गर्दै आएको छ । नियमित आम्दानी भएका ग्राहकलाई यस्तो सुविधा पाउँछन् ।