ब्याट्री सधैंदेखि एक कडा वस्तु मानिँदै आएको छ चाहे त्यो घडीमा लाग्ने ब्याट्री होस् वा स्मार्टफोनको । तर वैज्ञानिकहरूले यस परम्परालाई तोडेका छन् । रिपोर्टअनुसार, वैज्ञानिकहरूले जेली वा रबर जस्तै मोड्न सकिने ब्याट्रीको विकास गरेका छन् ।
विशेष कुरा के छ भने— यस ब्याट्रीमा आफैं मर्मत गर्ने क्षमता छ । अर्थात्, यसमा खराबी आएमा यसले आफूलाई स्वयं ठीक गर्न सक्छ । भनिन्छ, यसलाई मोड्न सकिन्छ, चक्कुले काट्न सकिन्छ, तर अझै पनि यसले काम गरिरहन्छ ।
वैज्ञानिकहरूले यसमा धेरै परीक्षण गरेका छन्, र सबै सफल भएको जनाइएको छ । अझ रोचक कुरा के भने— ब्याट्रीको भित्री तत्त्वहरूमा ६० प्रतिशत पानी समावेश गरिएको छ ।
रिपोर्टअनुसार, युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका वैज्ञानिकहरूले यस्तो नयाँ प्रकारको ब्याट्री विकास गरेका हुन् । भनिन्छ, यो ब्याट्रीको स्वभाव लचिलो छ र खराबी आएमा आफैं मर्मत गर्नसक्छ ।
यसलाई ५०० पटकसम्म चार्ज गर्दा पनि यसको क्षमतामा खासै असर नपर्ने वैज्ञानिकहरूको दाबी छ । उनीहरू लामो समयदेखि यस्तो ब्याट्री विकास गर्ने प्रयासमा थिए, जुन विभिन्न तापक्रममा टिक्न सकोस् र प्रयोगमा सजिलो होस् । अब आएर उनीहरूले सफलता प्राप्त गरेका छन् ।
वैज्ञानिकहरूद्वारा बनाइएको ब्याट्री ज्विटरियोनिक पोलिमर बाट बनाइएको हो । यो खासगरी वेयेरेबल डिभाइसका लागि उपयुक्त ठानिएको छ— जस्तै ब्याट्रीद्वारा सञ्चालित कपडा, वा सफ्ट रोबोटमा यसको प्रयोग गर्न सकिन्छ । स्मार्टफोनहरूमा कत्तिको प्रभावकारी हुनेछ भन्नेमा वैज्ञानिकहरू अझ निष्कर्षमा पुगिसकेका छैनन् ।
वैज्ञानिकहरूले बनाएको यो ब्याट्री वातावरणका लागि हानिकारक छैन् । यसलाई तान्न सकिन्छ, मोड्न सकिन्छ, चक्कुले काट्न सकिन्छ— त्यसपछि पनि यो काम गर्न सक्षम रहने दाबी गरिएको छ ।
यो ब्याट्री युनिभर्सिटी अफ क्यालिफोर्निया, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका वैज्ञानिकहरूको सहकार्यमा बनाइएको हो । यससम्बन्धी अनुसन्धान साइन्स पत्रिकामा प्रकाशित गरिएको छ ।
वैज्ञानिकहरूले ब्याट्रीलाई एलईडी बत्तीसँग जडान गरेर परीक्षण गरेका थिए । यो ब्याट्रीले एक महिनाभन्दा बढी समयसम्म राम्ररी काम गरिरहेको बताइएको छ । प्रयोग गरिएको प्रविधि सफल भएको छ । दाबी अनुसार, नयाँ ब्याट्री विद्यमान लिथियम–आयन ब्याट्रीभन्दा राम्रो छ, किनभने यो क्षतिबाट सुरक्षित रहन सक्छ र वातावरणका लागि पनि हानिकारक छैन् ।
बैज्ञानिकहरूले ब्याट्री बनाउन ज्विटरियोनिक पोलिमर को प्रयोग गरेका छन्, जसमा पोजिटिभ र नेगेटिभ दुवै चार्ज हुन्छन् । यसले ब्याट्रीको भित्र पानीलाई बाँधेर राख्छ, र वोल्टेज लाग्दा लिथियम आयन निस्कने जोखिम कम गर्छ । साथै, ब्याट्रीमा एक्रिलिक एसिड र फ्लोरीन–रहित लिथियम साल्ट–बेस्ड हाइड्रोजेल इलेक्ट्रोलाइट पनि मिसाइएको छ ।