कीवर्डहरू -

ब्याचलर्समा आईटी पढ्नुभएन तर मास्टर्समा पढ्न चाहनुहुन्छ ? पीजीडीसीए हुन सक्छ उपयोगी कोर्ष

ब्याचलर्समा आईटी पढ्नुभएन तर मास्टर्समा पढ्न चाहनुहुन्छ ? पीजीडीसीए हुन सक्छ उपयोगी कोर्ष

पछिल्ला वर्षहरूमा कुनै पनि विषयमा स्नातक (Bachelor) गरेकाहरूले आफ्नो करियर सूचना प्रविधि (आईटी) क्षेत्रमा स्विच गर्न खोज्ने क्रम बढ्दै गएको छ । बढ्दो अवसर र जहाँबाट पनि काम गर्न सकिने भएकाले दिनप्रतिदिन यसको संख्या बढ्दो छ । 

त्यस्ता विद्यार्थी र प्रोफेसनलका लागि पोस्ट ग्राजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेशन (PGDCA) उपयोगी विकल्प बन्दै आएको छ । पीजीडीसीए कोर्ष अध्ययन गरेर तपाईले आईटीको जग तयार पार्न र स्नातकोत्तर आईटीमै गर्न सक्नुहुन्छ । 

आफ्नो करियर आईटीमा स्वीच गर्न चाहनेहरूका लागि पीजीडीसीए कोर्ष उपयोगी हुने कान्तिपुर सिटी कलेजका भाइस प्रिन्सीपल भानुभक्त निरौला बताउँछन् । ‘यदी तपाईहरूले आईटी बाहेकका विषयमा ३ वर्षे वा चार वर्षे ब्याचलर्स डिग्री हासिल गर्नु भएको छ भने आईटीमा स्वीच हुन यस कोर्षले महत्त्वभूमिका खेल्छ,’ उनले आइसिटी समाचार भने । 

विगत २३ वर्षदेखि कान्तिपुर सिटी कलेजले पीजीडीसीए कोर्ष सञ्चालन गर्दै आएको छ । कोर्षको अवधि एक वर्षको हुन्छ । 

भानुभक्त निरौला

पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त पीजीडीसीए कोर्ष पास गरेपछि विद्यार्थीहरूले एमआईटी, एमसीए आईटी वा एमटेक आईटी जस्ता स्नातकोत्तर अध्ययनमा सहज प्रवेश पाउन सक्छन् ।

पीजीडीसीए कार्यक्रम दुई सेमेस्टरमा सञ्चालन हुन्छ । पढाइ समय साढे ५ देखि साढे ८ बजेसम्म रहेको छ, जसले जागिरे र व्यस्त विद्यार्थीका लागि पनि सहज वातावरण तयार गर्छ । 

उद्योगसँगको सहकार्यमा सञ्चालन हुने यो कार्यक्रमले प्रोजेक्ट वर्क, सेमिनार र प्रोफेसनल सीप विकासलाई समेत उत्तिकै जोड दिएको निरौलाको भनाइ छ । 

१ वर्ष कोर्षमा सी प्रोग्रामिङ, डिजिटल सिस्टम, डेटा कम्युनिकेसन, गणित जस्ता विषय पढाइ हुन्छन्, जसले आईटीका लागि बलियो जग तयार पार्छ । पीजीडीसीए कोर्ष विशेष गरी ‘जब’ गरिरहेका विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । 

उनका अनुसार पीजीडीसीए पढेर आईटी उद्योग र मास्टर्समा राम्रो गरिरहेका उदाहरण प्रशस्त्र रहेको छ । यो कोर्ष पनि अपटुडेट हुने गरेको छ ।

यो कोर्षको शुल्क २ लाख भएपनि कान्तिपुर सिटी कलेजको २५औं वार्षिकोत्सवको अवसरमा यस वर्ष १ लाख ६० हजार रूपैयाँ शुल्क तोकिएको छ । यस बाहेक १३ हजार ७०० रूपैयाँ विश्वविद्यालय दिनुपर्छ । यस वर्ष थोरै मात्र सिट बाँकी रहेको छ, इच्छुकले समयमै कान्तिपुर सिटी कलेजमा सम्पर्क गर्न सक्ने छन् ।

कोर्ष अध्ययनका लागि ३० जनाको सिट हुन्छ ।  पीजीडीसीए कोर्षमा वर्षमा १ पटक भर्ना खुल्छ । ब्याचलर्सका क्रार्यक्रमसँगै यसको पनि भर्ना सुरू हुन्छ ।