सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको हाजिरी ७ दिनभित्र पूर्ण रुपमा डिजिटल बनाउन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छन् ।
चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रुपमा गर्नु पर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा आज डंगोलले शिक्षा विभागका अधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिएकी हुन् ।
‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको पनि चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ ।’ शैक्षिक सुधारका विषयमा उनले भनिन, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिनु । तथ्यले नतिजामा सुधार देखिनुपर्छ । यसमा छुट सुविधा कसैलाई हुँदैन ।’
आईसीटी समाचार