स्मार्टफोन हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । यो डिभाइसले आजका धेरै कामहरू मिनेटमै पुरा गरिदिन्छ । एआईको आगमनले त यसलाई अझ शक्तिशाली बनाएको छ ।
तर, आज पनि मोबाइल फोनमा नेटवर्कको समस्या देखिने गर्दछ । यस्ता समस्याहरू धेरै कारणले हुन सक्छन् । हुनसक्छ तपाईंले नै केही त्यस्ता गल्ती गर्दै हुनुहुन्छ जसले गर्दा यो समस्या आइरहेको हो ।
त्यसैले तपाईं यस समस्यालाई कसरी समाधान गर्न सक्नुहुन्छ? आज हामी तपाईंलाई त्यही विषयमा जानकारी दिनेछौं। हामी तपाईंलाई ५ वटा स्मार्ट टिप्स बताउनेछौं जसको प्रयोगले नेटवर्कको समस्या समाधान गर्न सकिन्छ। आउनुहोस्, विस्तृतमा बुझौँ ।
१. एक सिम अफ गर्नुहोस्
यदि तपाईंले एउटै नेटवर्क अपरेटरको दुईवटा सिम कार्ड प्रयोग गर्दै हुनुहुन्छ भने कहिलेकाहीँ नेटवर्क क्ल्याशका कारणले नेटवर्क नआउने समस्या हुन सक्छ । यस्तो अवस्थामा, एक सिम कार्डलाई केही समयका लागि डिसेबल गरेर जाँच गर्नुहोस् । यसरी तपाईं पत्ता लगाउन सक्नुहुन्छ कि दोस्रो सिमका कारण त समस्या आइरहेको छैन् ।
२. नेटवर्क टाइप परिवर्तन गर्नुहोस्
नेटवर्क टाइप परिवर्तन गरेर पनि नेटवर्कको समस्या समाधान गर्न सकिन्छ । यसका लागि तपाईंले मोबाइलको सेटिङ्मा गएर मोबाइल नेटवर्कमा प्रेफर्ड नेटवर्क टाइपमा जानुहोस् । त्यसपछि त्यहाँ ५जी÷४जी÷३जी÷२जी मध्ये कुनै एक म्यानुअली छनोट गरेर कुन नेटवर्क स्टेबल काम गरिरहेको छ जाँच गर्नुहोस् ।
३. सिग्नल बुस्टर एप प्रयोग गर्नुहोस्
कहिलेकाहीँ सफ्टवेयर समस्याका कारण मोबाइलले नेटवर्क ठीकसँग रिफ्रेश गर्न सक्दैन् । यस्तो अवस्थामा ’नेटवर्क सिग्नल रिफ्रेशर’ जस्ता एप्स प्रयोग गर्न सकिन्छ । यस्ता एप्सले तपाईंको मोबाइललाई नजिकको टावरबाट राम्रो सिग्नल प्राप्त गर्न मद्दत गर्छन् । पुराना डिभाइसहरूमा यस्तो समस्या बढी देखिन्छ ।
४. लोकेशन परिवर्तन गर्नुहोस्
धेरैजसो नेटवर्क समस्या कुनै विशेष स्थानमा मात्र देखिने गर्दछ । यसलाई जाँच गर्न घरको छत वा बालकोनी जस्ता खुल्ला ठाउँमा गएर सिग्नल परीक्षण गर्नुहोस् । यदि घरभित्र मात्रै समस्या छ भने, तुरुन्तै आफ्नो नेटवर्क अपरेटरसँग सम्पर्क गर्नुहोस् ।
५. क्याच क्लियर गर्नुहोस्
कहिलेकाहीँ केही टेम्पररी फाइल्स पनि नेटवर्क समस्याको कारण बन्न सक्छ । त्यसैले समय समयमा यस्ता फाइलहरू सफा गर्नुपर्छ । त्यसका लागि मोबाइलको सेटिङ्मा गएर स्टोरेजमा क्याच्ड डाटामा गई यसलाई क्लियर गर्नुहोस् । यो सानो कामले पनि तपाईंको मोबाइलको नेटवर्क र एप्सको प्रदर्शन सुधार्न सक्छ ।