कीवर्डहरू -

निर्वाचन आयोगले भन्यो: डाटाबेस ‘ह्याक’ भएको हल्ला हो, सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ

निर्वाचन आयोगले भन्यो: डाटाबेस ‘ह्याक’ भएको हल्ला हो, सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ

निर्वाचन आयोग नेपालले आयोगको वेबसाइट तथा भोटर डाटाबेसमा अनधिकृत पहुँच भई मतदाता नामावलीसम्बन्धी सूचनाहरू चुहिएको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य रहेको स्पष्ट पारेको छ । 

एक विज्ञप्ती जारी गर्दै आयोगले वेबसाइटबाट मतदाता नामावलीसम्बन्धी कुनै पनि व्यक्तिगत विवरण नचुहिएको र सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको आयोगले जनाएको छ । आयोगले हाल प्रयोग भइरहेका सबै सूचना प्रवाह तथा सुरक्षासम्बन्धी संयन्त्रहरू नियमित अनुगमनमा रहेको र कुनै पनि संवेदनशील सूचना लीक हुन नदिने गरी आवश्यक प्रबन्ध मिलाइएको जनाएको छ।

सामाजिक सञ्जालमा भोटर लिस्ट ‘लीक’ भएको भनेर प्रसारित केही पोस्ट–सामग्रीले नागरिकमा भ्रम सिर्जना गरेकाले आयोगले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरेको छ। आयोगले आफ्नो सूचना प्रणालीबाट प्राप्त हुने सार्वजनिक विवरणहरू कानुनअनुसार नै उपलब्ध गराइने भएकाले यसमा कुनै पनि गोप्य विवरण समावेश नभएको स्पष्ट पारेको छ।

यस्ता भ्रामक सूचना तथा प्रचार–प्रसारले निर्वाचन व्यवस्थामा अनावश्यक शंका उत्पन्न गर्ने भएकाले आयोगले सावधान रहन सबैलाई अपिल गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा नागरिकको निजी तथा संवेदनशील डाटाको सुरक्षामा आयोग गम्भीर रहेको र सुरक्षा संयन्त्र थप सुदृढ बनाइँदै लगिने उल्लेख छ।

null