कीवर्डहरू -

विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च

विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च
एआईबाट बनाइएको तस्बिर

१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ । 

विद्युतीय रेलमार्ग झापाको काकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिङ्कमार्गहरूसमेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग निर्माणको लागि २०६५/६६ मा आयोजनाको सुरुवात भएको थियो । 

सुरूमा लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रूपैयाँ रहेकोमा संशोधित लागत अनुमान १५ खर्ब रूपैयाँ पुगेको महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आयोजना आर्थिक वर्ष २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा वर्षसम्म ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको तथा ५५३ बिघा जग्गाको मुआब्जा समेतमा हालसम्म ३३ अर्ब ४५ करोड खर्च भएको महालेखाले बताएको छ । साथै समयमै आयोजना सम्पन्न पनि महालेखाले निर्देशन दिएको छ ।