कीवर्डहरू -

नेपालमा विद्युतीय एसयूभी आइकार भी २३ सार्वजनिक

नेपालमा विद्युतीय एसयूभी आइकार भी २३ सार्वजनिक

ओमोडा एन्ड जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार भी २३ (iCAUR V23)’  सार्वजनिक गरेको छ ।

चीनको प्रमुख अटोमोबाइल निर्माता चेरि ग्रुपअन्तर्गतको नयाँ ब्रान्ड ‘iCAUR’ को यो मोडल विश्वव्यापी रूपमा अगस्ट २०२५ मा सार्वजनिक गरिएको थियो । चेरि ग्रुपले दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान सुरक्षित गर्दै विश्वका ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको छ ।

आकर्षक रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमा तयार भएको iCAUR V23 साइबर–टेक डिजाइनमा आधारित रेट्रो–क्लासिक एसयूभी हो । यसमा १०० किलोवाट क्षमताको सिङ्गल मोटर सेटअप राखिएको छ, जसले १८० न्युटनमिटर टर्क प्रदान गर्छ ।

साथै, ५९.९३ किलोवाटआवर क्षमताको ब्याट्री प्याक रहेको छ । गाडीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ मिलिमिटर, उचाइ १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेको छ ।

यस एसयूभीमा आराम र व्यावहारिकतालाई विशेष प्राथमिकता दिइएको छ । अगाडिको फराकिलो स्पेसका कारण सजिलै चढ्ने–ओर्लने सुविधा मिल्छ भने पछाडिको सिट पनि पर्याप्त फराकिलो राखिएको छ ।

इन्टेरियरमा विशेष मेकानिकल नब र आधुनिक स्पर्शजन्य डिजाइनलाई समावेश गरिएको छ । करिब ७० प्रतिशत भाग हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरी तयार पारिएको यस गाडीले उच्च स्तरको सुरक्षामानक पूरा गर्ने बताइएको छ । ६ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुने भनिएको V23 ले उपभोक्तालाई नयाँ पुस्ताको विद्युतीय एसयूभी अनुभव दिने कम्पनीको दाबी छ ।