कीवर्डहरू -

विद्युतीय गाडीहरूका एसेसरिज अब एकै ठाउँमा, सञ्चालनमा आयो अटो पार्लर

विद्युतीय गाडीहरूका एसेसरिज अब एकै ठाउँमा, सञ्चालनमा आयो अटो पार्लर

इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ। विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने र दिगो तथा स्वच्छ परिवहन प्रणालीमा योगदान पुर्याउने प्रमुख लक्ष्यका साथ काठमाडौंको कालोपुलमा अटो पार्लर सञ्चालनमा ल्याइएको हो।

कम्पनीले ईभी गाडीहरूका लागि आवश्यक पर्ने सम्पूर्ण एसेसोरिजहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको गुणस्तरमा उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक राजिब केसीले जानकारी दिए। वातावरणमैत्री यातायात प्रवद्र्धनमा समेत योगदान पुर्याउनेगरी सञ्चालनमा ल्याइएको अटो पार्लरले ईभीका प्रिमियिम एसेसोरिजहरू उपलब्ध गराउनाका साथै फिटिङ र बिक्रीपछिको सेवासमेत उपलब्ध गराउने जानकारी उनले दिए।

अटो पार्लरले तत्कालका लागि नेपालमा उपलब्ध विभिन्न इभीका ब्राण्ड र मोडलअनुसारको एसेसोरिजहरू उपलब्ध गराएको बताईएको छ। ‘अहिले नेपाली बजारमा धेरै चलेका चिनियाँ कारहरूको एसेसोरिज उपलब्ध गराएका छौँ । भविष्यमा जुन–जुन ब्राण्डले नेपाली बजारमा प्रभुत्व जमाउँदै जान्छ तिनै गाडीका एसेसोरिजहरूको उपलब्धता बढाउँदै जानेछौँ,’ प्रबन्ध निर्देशक केसीले भने।

अटो पार्लरमा मिरर कभर, डोल ह्याण्डिल, कभर, ह्याण्डिल वाउल, सिट कभर, स्टेरिङ कभर, नेभिगेसन ग्लास प्रोटेक्टर, डोर सिल गार्ड, मोटर एण्ड ब्याट्री प्रोटेक्शन प्लेट, रनिङ बोर्ड, जेन्युयुन ३६- क्यामरा लगायत एसेसोरिजहरू उपलब्ध छन्। यसका अलावा अन्य गाडीका एसेसोरिजसमेत उपलब्ध गराइएको कम्पनीले उल्लेख गरेको छ।

उपयुक्त एसेसरीज छनोट गर्न प्राविधिक सहयोग समेत उपलब्ध गराइने छ । अटो पार्लरका ग्राहकले आफूलाई चाहिने सामान खरिद गर्नाका साथै फिटिङ गराउनसमेत सक्ने कम्पनीले जनाएको छ।