कीवर्डहरू -

एलन मस्कको ‘अप्टिमस’ रोबोटले मानवजस्तै नाचेर मच्चायो तहल्का, भिडियोले सबै चकित

एलन मस्कको ‘अप्टिमस’ रोबोटले मानवजस्तै नाचेर मच्चायो तहल्का, भिडियोले सबै चकित

एलन मस्क र उनका कम्पनीहरूका कामहरू सधैं चर्चामा रहने गर्छन् । सबैलाई थाहा भएकै कुरा हो कि मस्कको एक कम्पनीले ‘ह्युमनोइड’ रोबोट विकास गरिरहेको छ, जसको नाम ‘अप्टिमस’ राखिएको छ । यस रोबोटले मान्छे जस्तै नाचेर इन्टरनेटमा सनसनी फैलाएको छ ।

जब उक्त भिडियो इन्टरनेटमा आयो, धेरै मानिसहरूले बुझ्न सकेनन् कि साँच्चै रोबोट नै नाचिरहेको हो वा सबै कुरा एआईद्वारा बनाइएको हो । प्रश्नहरू उठेपछि स्पष्ट गरियो कि साँचोमै एउटा रोबोटले नाचिरहेको हो । वास्तवमा, मस्कले उक्त भिडियो कुनै क्याप्शन बिना सेयर गरेका थिए, जसका कारण यो असली हो या होइन भन्ने शंका उत्पन्न भएको थियो ।

एलन मस्कको एआई च्याटबोट ग्रोकले जानकारी दिएको अनुसार भिडियोमा देखिएको ‘अप्टिमस’ रोबोट असली सक्कली नै हो । यद्यपि, यो भिडियो कहिलेको हो भन्ने कुरा अहिले पनि स्पष्ट छैन् । तर यसले एक कुरा अवश्य देखाएको छ — अप्टिमसको क्षमता धेरै अगाडि पुगिसकेको छ  ।

सन् २०२१ मा यो रोबोटको कल्पना गरिएको थियो। त्यसको एक वर्षपछि यसको पहिलो झलक संसारले देख्यो। त्यसबेलादेखि हालसम्म निरन्तर यसको विकास हुँदै आएको छ । तर यो भिडियो एक्कासि सार्वजनिक भएपछि सबैलाई अचम्ममा पारेको छ, किनभने यस रोबोटका डान्स मुभ्स यति मानव–जस्तै छन् कि एकपटक त विश्वास गर्न गाह्रो पर्छ कि भिडियो वास्तविक हो ।

यो भिडियो कहिलेको हो?

यस सम्बन्धमा कुनै आधिकारिक जानकारी छैन् । तर केही रिपोर्टहरू अनुसार, यो रोबोट अक्टोबर २०२४ मा आयोजित “वी, रोबोट” नामक एक इभेन्टमा प्रस्तुत गरिएको थियो, जहाँ उसले डान्स मुभ्स देखाएको थियो । भनिन्छ कि हालसालै यसको हिँड्ने क्षमतालाई अझ सुधार गरिएको छ ।

कम्पनीले जब पहिलोपटक अप्टिमसको कन्सेप्ट प्रस्तुत गरेको थियो, त्यतिबेला कम्पनीसँग वास्तविक रोबोट थिएन । त्यसबेला एक व्यक्तिलाई रोबोटजस्तै कपडा लगाएर डान्स गराइएको थियो । तर अहिले त्यो कल्पना वास्तविकतामा परिणत हुँदैछ ।

एक रिपोर्ट अनुसार, अप्टिमस रोबोटका हातहरू ११ तरिकाले घुम्न सक्छन् । भविष्यमा यसलाई अझ उन्नत बनाई २२ तरिकाले हात घुमाउन सक्षम बनाउने तयारी भइरहेको छ ।

दाबी गरिन्छ कि अप्टिमस अन्य रोबोटहरूभन्दा फरक छ । यसलाई पहिले नै कुनै कमाण्ड वा निर्देशन दिइँदैन् । यो वास्तविक संसारबाट सिकेर आफैंले काम गर्न सक्ने क्षमता राख्छ । अर्थात्, जब यसले कुनै काम सिक्छ, त्यसपछि त्यो काम यसले दैनिक रूपमा आफैं गर्न सक्छ — फेरि निर्देशन दिनुपर्ने जरुरत हुँदैन् ।