आन्टरप्रेनर आइसिटी अवार्ड २०२५ योङ इन्नोभेसनका संस्थापक विभुषण विष्टलाई प्रदान गरिएको छ ।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा विष्टलाई आन्टरप्रेनर आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।
नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका उद्यमीलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष योङ इन्नोभेसन र कोडिङ माउन्टेनका संस्थापक आन्टरप्रेनर आइसिटी अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।
विगत २ दशकदेखि सूचना प्रविधि उद्यमशीलतामा क्रियाशील उद्यमी हुन, विभुषण विष्ट । सन् २००१ मा सफ्टवेयर इन्जिनियरको रूपमा आफ्नो करियर सुरु गरेका उनले क्यानेडियन एजेन्सी बेलानेटमा काम गर्दै सन् २००७ मा योङ इन्नोभेसनबाट उद्यमशीलताको यात्रा सुरु गरेका थिए ।
सामाजिक सेवा, स्टार्टअप र टेक उद्योगको प्रवर्धनमा पनि क्रियाशील विष्ट, योङ इन्नोभेसनसँगै कोडिङ माउन्टेनको पनि संस्थापक हुन ।
यी कम्पनीले हाल विश्व बैंक, युएन एजेन्सी लगायत विश्वका २० भन्दा बढी देशमा नेपालबाटै आईटी सेवा प्रदान गर्दै आएका छन् ।
कम्पनीले प्रत्यक्ष रूपमा २०० भन्दा बढी व्यक्तिलाई रोजगारी दिरहेको छ भने आगामी ३ देखि ४ वर्षमा यो संख्यालाई १ हजार पुर्याउने उनको लक्ष्य छ ।
आईसीटी समाचार