नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्राण्ड ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ले आफ्ना उपभोक्ताहरूलाई लक्षित गर्दै आकर्षक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले ‘वाटरले पुग्दैन है.... एक्स्ट्रिम नै चाहिन्छ...’ नामक अभियान सुरु गरेको हो ।
यस क्याम्पेनमा सहभागी हुने भाग्यशाली विजेताहरूले भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।
सहभागीहरूमध्येबाट प्रत्येक हप्ता एक जना भाग्यशाली विजेतालाई ४ दिनको भ्रमण प्याकेजसहित निःशुल्क रूपमा भारत गएर आईपीएल हेर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कसरी सहभागी हुने ?
यस क्याम्पेनमा सहभागी हुन इच्छुक उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक टिकटक एकाउन्टमा उपलब्ध ‘वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ...’ बोलको गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा अनिवार्य रूपमा #XtremeEnergyDrink ह्यासट्याग प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सहभागीहरूमध्येबाट हरेक दिन एक जना विजेता छनोट गरिनेछ । विजेताहरूको घोषणा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपीएलको प्री-म्याच कार्यक्रममा गोलाप्रथामार्फत प्रत्यक्ष रूपमा गरिनेछ ।
यस क्याम्पेन सम्बन्धी थप विस्तृत जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमा उपलब्ध छ । यस अभियानमार्फत खेलकुद र मनोरञ्जनलाई जोड्दै आफ्ना उपभोक्ताहरूलाई एक विशेष र अविस्मरणीय अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
आईसीटी समाचार