के तपाईं पनि आइफोन प्रयोग गर्नुहुन्छ ? यदि हो भने, आज हामी तपाईंलाई आइफोनका ५ यस्ता लुकेका ट्रिकहरूबारे बताउँदैछौं, जसले तपाईंको फोन चलाउने तरिका मात्र बदल्ने छैन, तपाईंको धेरै समय पनि बचाउनेछ ।
हामीले तपाईंका लागि केही विशेष फिचरहरू छनोट गरेका छौं, जसमा दुई औंलाले स्वाइप गरेर मल्टिपल आइटम सेलेक्ट गर्ने जस्ता उपयोगी ट्रिकहरू पनि समावेश छन् । आउनुहोस्, विस्तारमा जानौँः
१. दुई औंलाले मल्टिपल सेलेक्शन
यदि तपाईं अहिलेसम्म फोटो, फाइल वा नोट्समा एक–एक गरेर आइटम चयन गर्नुहुन्थ्यो भने, अब तपाईं सजिलै धेरै आइटमहरू एकैपटक चयन गर्न सक्नुहुन्छ । यसको लागि, स्क्रिनमा दुई औंलाले स्वाइप गर्नुहोस् । यसरी एक–एक गरी फाइल छान्नुपर्ने झन्झटबाट मुक्ति पाउन सकिन्छ ।
२. स्क्रिन रेकर्डिङसँगै आवाज रेकर्ड गर्ने
आफ्नो स्क्रिन रेकर्डिङका साथ आफ्नो आवाज पनि समावेश गर्न चाहनुहुन्छ? स्क्रिन रेकर्डिङ सुरु गर्दा रेकर्डिङ बटनलाई केही क्षण लामो समयसम्म थिचेर राख्नुहोस् । त्यसपछि आउने अप्शनमा ‘माइक्रोफोन अन’ गर्नुहोस् । यसरी तपाईंको आवाज पनि स्क्रिन रेकर्डिङमा समावेश हुनेछ ।
३. भ्वाइस कन्ट्रोलबाट इन्स्टाग्राम स्क्रोल गर्नुहोस्
अब तपाईंले आफ्ना औंलाले स्क्रोल गर्नु नपरी बोलेरै इन्स्टाग्राम चलाउन सक्नुहुन्छ । आइफोनको भ्वाइस कन्ट्रोल फिचर सक्रिय गर्नुहोस् । एकपटक सेटअप गरेपछि, तपाईंले ’स्वाइप अप’ वा ’स्वाइप डाउन जस्ता कमाण्ड बोलेपछि स्क्रिन आफैँ स्क्रोल हुनेछ ।
४. क्यालकुलेटरमा गल्ती सजिलै सुधार्ने
आइफोनको क्यालकुलेटरमा गल्ती भएमा ‘क्लियर’ बटन मात्र देखिन्छ । तर यदि तपाईंले कुनै नम्बर गलत टाइप गर्नुभएको छ भने, स्क्रिनमा दायाँ वा बायाँ स्वाइप गर्नुहोस् । यसरी पछिल्लो नम्बर क्रमशः मेटिनेछ, सम्पूर्ण गणना मेट्नुपर्ने छैन् ।
५. म्यूट बटनबाट कल होल्ड गर्ने
धेरै प्रयोगकर्तालाई थाहा नहुन सक्छ, तर आइफोनमा कल होल्ड गर्नका लागि म्यूट बटनलाई करिब ५ सेकेन्ड लामो समयसम्म थिचेर राख्नुहोस् । यसरी तपाईंको कल स्वतः होल्डमा जानेछ ।