नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई आइसिटी पार्क जस्तै आइसिटी मल स्थापनामा प्रोत्साहित गर्न आग्रह गरेका छन् ।
महासंघकाद्वारा आयोजित पूर्व बजेट अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई आईसिटी मल स्थापना गर्न प्रोत्साहित गर्नु आवश्यक रहेको बताएका हुन् ।
‘निजी क्षेत्रलाई आईसिटी मल स्थापना गर्न प्रोत्साहित गर्नु आवश्यक छ । यो आइसीटि पार्क जस्तै हो,’ उनले भने, ‘जहाँ कम्पनीहरु गएर आफ्नो कार्यालय स्थापना गर्नसक्छन् । शहरी क्षेत्रमा निजी क्षेत्रले यस्ता मल स्थापना गरि सूचना प्रविधि उद्यमलाई पुर्वाधार लगायतका सुविधा दिनेछन् ।’
कार्यक्रममा उनले एक आर्थिक बर्ष ,भित्रमा कम्तिमा एक सय स्टार्टअपमा निजी क्षेत्रको लगानी आकर्षित गर्न ‘सय स्टार्टअप, सय लगानीकर्ता’ कार्यक्रम संचालन गरी नेपाल उद्योग वाणिज्य महासंघसंगको सहकार्यका लागि समेत आग्रह गरेका छन् ।
साथै पहाडि क्षेत्रमा स्थापना हुने सूचना प्रविधि सम्वद्ध उद्योग डाटा सेन्टरलाई जग्गा, बिजुली र बाटोको सुविधा प्रदान गर्न समेत आवश्यक रहेको उनको भनाइ छ ।
निजी क्षेत्रसंगको सहकार्यमा सबै प्रदेशमा स्टार्टअप ग्रोथ सेन्टर स्थापना गर्न महासंघको सुझाव । महासंघसंग सबै प्रदेशका अधिकांश नगरमा संरचना उपलब्ध रहेको हुँदा सहकार्य उपयुक्त हुने बताइएको छ ।