गूगलले आफ्नो वार्षिक डेभलपर्स कन्फरेन्स गूगल आइ/ओ २०२५ मा एक नयाँ र शक्तिशाली एआई भिडियो जेनेरेटर फ्लो सार्वजनिक गरेको छ। यो विशेषगरी चलचित्र निर्माण र क्रिएटिभ भिडियो प्रोडक्शनका लागि तयार गरिएको हो ।
फ्लोले गूगलका एडभान्स्ड एआई मोडेलहरू – वियो, इमेजेन र जेमिनाइ लाई एउटै प्लेटफर्ममा ल्याएर क्रिएटर्सलाई ठूलो टिम वा उपकरणहरूको आवश्यकता बिना नै सिनेमाटिक स्तरका सीनहरू तयार गर्न सक्ने सुविधा दिन्छ। गूगलको भनाइ छ कि फ्लो लाई “क्रिएटिभहरूद्वारा र क्रिएटिभहरूका लागि” डिजाइन गरिएको हो र अहिले यो केही चुनिएका फिल्म मेकरहरूले मात्र प्रयोग गरिरहेका छन्, ताकि यो बुझ्न सकियोस् कि एआईले भिडियो प्रोडक्शन कसरी बदल्न सक्छ।
फ्लो अपनाउने प्रारम्भिक फिल्मकारहरूमा डेव क्लार्क पनि छन्, जसले फ्लो को सहयोगले फ्रिल्यान्सर्स नामक सर्ट फिल्म बनाएका छन् । जूनी लाउ, जो डिजिटल कथावाचनको खोजमा छन्, उनले फ्लो प्रयोग गरेर डिअर स्ट्रेन्जर मा काम सुरु गरेकी छन्, जुन एक प्रेमकथा हो जो समानान्तर दुनियाँमा फैलिएको छ।
फ्लो का प्रमुख विशेषताहरू
-
भिडियो जेनेरेशन, सीन एडिटिङ र एसेट कन्ट्रोल — सबै एउटै प्लेटफर्ममा।
-
प्रयोगकर्ताले टेक्स्ट डिस्क्रिप्शन बाट सुरु गर्न सक्छन् वा पहिलेका भिजुअल्स का आधारमा नयाँ शट बनाउन सक्छन्।
-
प्रयोगकर्ताले पात्रहरू, वस्तुहरू र सीन रेफरेन्स हरू अपलोड गर्न सक्छन् ताकि सबै भिजुअल्स क्लिप दर क्लिप सुसंगत रहोस्।
-
एउटा सीनको स्टिल इमेज अर्को क्लिपको आधारको रूपमा प्रयोग गर्न सकिन्छ।
फ्लो को एक महत्त्वपूर्ण फिचर सिनबिल्डर हो, जसले प्रयोगकर्तालाई आफ्नो शट्स सहज रूपमा सम्पादन र विस्तार गर्न दिन्छ। यसले स्वाभाविक ट्रान्जिशन्स र स्मूथ एक्सन सुनिश्चित गर्छ। साथै, फ्लो मा क्यामेरा एङ्गल, मोशन र पर्सपेक्टिभ मा नियन्त्रणका विकल्पहरू छन् जसले रचनात्मक नियन्त्रण प्रयोगकर्ताकै हातमा राख्छ।
ठूला प्रोजेक्टहरू व्यवस्थापन गर्न फ्लो मा एसेट्स र प्रॉम्प्ट्स लाई व्यवस्थित गर्ने टूलहरू उपलब्ध छन्। गूगल ले फ्लो टिभी नामक एक शोकेस प्लेटफर्म पनि ल्याएको छ, जहाँ फ्लो बाट बनाइएका भिडियोहरू हेर्न सकिन्छ। साथै, कुन प्रकारका प्रॉम्प्ट्स र इफेक्ट्स प्रयोग गरियो भन्ने पनि थाहा पाउन सकिन्छ।
फ्लो हाल अमेरिका भित्रका गूगल एआई प्रो र एआई अल्ट्रा प्लानका ग्राहकहरूका लागि मात्र उपलब्ध छ।
-
प्रो प्लान: हरेक महिना १०० वटा जेनेरेशन र मुख्य फिचरहरूको पहुँच।
-
अल्ट्रा प्लान: धेरै जेनेरेशन लिमिट र वियो ३ को अर्ली एक्सेस, जसमा वातावरणीय साउन्ड र क्यारेक्टर डाइलग को सुविधा पनि छ।