कीवर्डहरू -

अनलाइन फुड डेलभरीमा क्रान्ति ल्याउने फुडमाण्डु १६ वर्षमा, खानासँगै खुसी डेलिभरी

अनलाइन फुड डेलभरीमा क्रान्ति ल्याउने फुडमाण्डु १६ वर्षमा, खानासँगै खुसी डेलिभरी

सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ ।

सुरुआतमा सानो स्टार्टअपका रूपमा सुरु भएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले नेपालभरका थुप्रै ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्रान्डको रूपमा आफूलाई स्थापित गराइसकेको छ ।

हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलका हजारौँ रेस्टुरेन्टसँग साझेदारी गरी धेरै डेलिभरी राइडरहरूका लागि रोजगारीको अवसर समेत सिर्जना गरेको छ ।

वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले पन्ध्र वर्षअघि ग्राहकलाई घरमै मनपर्ने खाना सजिलै पाउने सोचका साथ फुडमाण्डुको सुरुआत भएको सम्झिए । ‘आज हामीले पाएको सफलता हाम्रो लागि गर्वको विषय हो । फुडमाण्डुले ग्राहकहरूको खाना अर्डर गर्ने तरिका मात्र परिवर्तन गरेको छैन, रेस्टुरेन्टहरूलाई थप ग्राहकसम्म पुग्न र व्यवसाय बढाउन पनि सहयोग पुर्‍याएको छ,’ उनले भने ।

उनका अनुसार यो उपलब्धि फुडमाण्डुका रेस्टुरेन्ट पार्टनर्स, समर्पित राइडरहरू र सन्तुष्ट ग्राहकहरूकै कारण सम्भव भएको हो ।

कम्पनीले अझ बढी रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो डेलिभरी सेवा दिने, अर्डर प्रक्रिया सजिलो बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ ।

फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले पहिलो दिनजस्तै उत्साहका साथ ‘खानासँगै खुसी’ डेलिभरी गर्ने प्रतिबद्धतामा निरन्तर काम गरिरहेको बताइन । 


यो पनि पढ्नुहोस्ः फुड डेलिभरीमा ‘क्रान्ति’ ल्याउने मनोहर


१५औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष अफर ल्याएको छ । यस अन्तर्गत काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारमा छुट उपलब्ध हुनेछ । 

हाल फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा सेवा दिइरहेको छ । साथै, फुडमाण्डु वनमार्टमार्फत दैनिक उपभोग्य सामग्रीको तत्काल डेलिभरी सेवा पनि प्रदान गर्दै आएको छ ।

null

यसरी सुरू भएको थियो फुडमाण्डु

सन् २०१० तिर नेपालीहरू स्मार्टफोन र इन्टरनेटसँग भर्खर भर्खर परिचित हुन थालेका थिए । एकदमै कम व्यक्तिसँग मात्र इन्टरनेट र स्मार्टफोनको पहुँच थियो । 

झन अनलाइन व्यवसाय त नेपालीका लागि अनौठो कल्पना नै थियो । यस्तो अवस्थामा काठमाडौंका मनोहर अधिकारीले अनलाइन व्यवसाय सुरू गर्ने अठोट लिए । 

आईडिया, अठोट र दृढ इच्छाशक्तिले सन् २०१० मा सुरू भयो नेपालकै पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म ‘फुडमाण्डु’ । जतिबेला विश्वभर नै अनलाइन फुड डेलिभरी भर्खर भर्खर सुरू हुन थालेको थियो । 

अमेरिकी आईटी कम्पनी डिटुहकाईको नेपाल कार्यालयमा काम गर्दा फुडमाण्डुको अवधारणा मनोहरको दिमागमा आएको थियो । सन् २००४ देखि सन् २००६ सम्म उनले डिटुहकाईको नेपाल कार्यालय विशालनगरमा काम गरेका थिए ।

काम गर्दा प्राय जसो लञ्च आवर (खाना/खाजा खाने समय) मा के खाने, कहाँ खाने ? भन्ने समस्या हुन्थ्यो । वरिपरि खासै रेष्टुरेन्ट पनि थिएनन् । अफिसबाट नजिकको रेष्टुरेन्टमा जान हिडेर १०-१५ मिनेट लाग्थ्यो । त्यो बेला बालुवाटर र बालाजु चोकमा थियो रेष्टुरेन्ट । त्यो समस्या आफ्नो मात्र नभएर धेरै जनाको भएको उनलाई त्यतिबेला नै लागिसकेको थियो । 

यत्तिकैमा डिटुहकाईमा २ वर्ष काम गरेपछि आफ्नै सफ्टवेयर आउटसोर्सिङ कम्पनी ‘स्टर्डी सफ्टवेयर सोलुसन’ स्थापना गरेर काम गर्न थाले । सन् २०१० सम्म आउँदा मनोहरलाई आफ्नै प्रडक्टमा काम गर्नुपर्छ भन्ने लागिसकेको थियो । विभिन्न आईडियाहरू समेत आईरहेका थिए ।

मनोहर अधिकारी

प्रविधिमै काम गरिरहेका उनलाई प्रडक्ट पनि प्रविधि जोडेरै बनाउन मन थियो । डिटुहकाईमा काम गर्दा भोगेको समस्यालाई ‘इन्नोभेटिभ’ तरिकाले समाधान गर्ने निधोसहित फुडमाण्डु सुरू गरेको संस्थापक मनोहर अधिकारी बताउँछन् । फुडमाण्डु सुरू गरेपछि फुड अर्डर गर्ने प्लेटफर्म बन्यो । त्यो सफ्टवेयरको विकास मनोहर आफैले गरेका थिए । 

त्यसो त उनी कुनै व्यवसायिक पृष्ठभूमिबाट आएका व्यक्ति होइनन । उनीसँग कुनै ठूलो योजना पनि थिएन । फुडमाण्डु सुरू गरेपछि चलिहाल्छ नि भन्ने एक किसिमको उत्साह पनि थियो । तर उत्साह धेरै दिन टिकेन । व्यवसाय सुरू गरेपछि अनके चुनौती देखिन थाले । एकातिर बिजनेस मोडलबारे रेष्टुरेन्टलाई बुझाउन गार्‍हो थियो भने अर्कोतिर ग्राहक पनि अवयेर थिएनन् । 

‘मैले भोगेको समस्या अरूले पनि भोगेका हुन सक्छन् भन्ने लागेको थियो । फुडमाण्डु सुरू गर्दा एक किसिमको उत्साह थियो र चलिहाल्छ नि भन्ने थियो । तर सुरू सुरूमा खासै चलेन । धेरै चुनौती भोग्नु पर्‍यो । रेष्टुरेन्टलाई बुझाउनै गार्हो थियो । ग्राहक पनि जानकार थिएनन,’ उनले आइसिटी समाचारसँग सुरूवाती दिन सम्झिए । 

डेलिभरीका लागि लजिष्टिक व्यवस्थापन गर्न धेरै समस्या थियो । डेलिभरी गर्ने थर्मल ब्याग पनि नेपालमा उपलब्ध थिएन । म्यापको सेवा थिएन । गूगल म्याप पनि अहिले जस्तो लोकप्रिय थिएन । स्मार्टफोन पनि सिमितको हातमा थियो ।

अहिले पनि एकुरेट लोकेसनमा पुग्न कठिन छ । डेलिभरी गर्नेलाई हप्तौंसम्म प्रशिक्षण गर्नुपर्थ्यो । कर्मचारी रिटेन्सन र सञ्चानमा पनि समस्या थियो । तर जुनसुकै अवस्थामा पनि परिवारको साथ भने उनलाई सधैं रह्यो  ।
सुरूवाती दिनमा अनेक उतारचढाव भएपनि भविष्यमा फुडमाण्डु ‘सफल व्यवसाय’ बन्नेमा मनोहर ढुक्क थिए । सानो आकारमा अर्डर आएपनि बजारले आईडिया भ्यालिडेट गरिसकेको थियो । रिपिट अर्डरहरू पनि आइरहेका थिए ।

त्यसो त फुडमाण्डु त्यो बेला ‘अर्लि टु मार्केट’ थियो नै । सन् २०१० तिर विश्वको अनलाइन फुड बजार भर्खर भर्खर उदाउँदो थियो । नेपालमा पनि अनलाइन फुड डेलिभरी व्यवसायलाई बजारले भ्यालिडेट गरिसकेको थियो ।  बजारले आईडिया भ्यालिडेट गरिसकेपछि फुडमाण्डु छोड्नै मन नलागेको मनोहर सुनाउँछन् । 

सुरूवाती समयमा वेबसाइटबाट अर्डर लिने भनेर वेबसाइट बनाइएको थियो । तर अर्डर फोनबाट बढी आउथ्यो । आफुहरूले वेबसाइटबाट अर्डर लिन खोजेपनि प्रयोगकर्ता अभ्यस्त नभएका कारण फोनबाट अर्डर आउने गरेको मनोहरको बुझाइ छ ।  

जब सन् २०१४ पछि उनी फुडमाण्डुमा नै फोकस भए । त्यसपछि फुडमाण्डुले झनै गति लिन थाल्यो । सन् २०१५ मा फुडमाण्डुले मोबाइल एप ल्यायो ।

null

आज फुडमाण्डुलाई नेपालको नम्बर वान अनलाइन फुड डेलिभरी ब्राण्ड बनाउन मनोहर सफल भएका छन् । ग्राहकले अत्याधिक रूचाइदिएका छन् । नेपालमा अनलाइन फुड डेलिभरीलाई नयाँ उद्योगको रूपमा विस्तार गर्ने पनि श्रेय उनलाई जान्छ । उद्योग आफुसँगै ग्रो हुँदा मनोहर गौरव महशुस गर्छन् ।

भन्छन्, ‘सबै काम गर्दा उद्योग आफुसँगै ग्रो भयो, त्यो चाँहि गौरव लाग्छ । अन्तर्राष्ट्रियस्तरमा पनि अनलाइन फुड डेलिभरीको उद्योग सँगसँगै ग्रो भयो । यसले हामी नेपाली पछि छैनौं, पहिलेदेखि नै गर्न सक्छौं भन्ने पनि देखाएको छ ।’