फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गरेको छ। “ड्राइभ टु ग्रेट” भन्ने ग्लोबल थिमका साथ कम्पनीले सन् २०२५ लाई प्रभावशाली उपलब्धिसहित समापन गरेको छ, जसले यसको स्केल, विश्वास र दीर्घकालीन नेतृत्व स्पष्ट रूपमा देखाउँछ।
सन् २०२५ मा फोटोनले विश्वभर ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गरी चीनको कमर्शियल सवारी उद्योगमा शीर्ष स्थान सुरक्षित गरेको छ। कम्पनीका लाइट कमर्शियल भेहिकलदेखि हेभी–ड्युटी ट्रक र न्यू इनर्जी सोलुसन्ससम्मका उत्पादनहरूले व्यवसायलाई विभिन्न आवश्यकता अनुसार निरन्तर सहयोग पुर्याइरहेका छन्।
अन्तर्राष्ट्रिय बजारमा पनि फोटोनको प्रदर्शन प्रभावशाली रह्यो। कम्पनीले विदेशमा १,६४,५०० युनिट बिक्री गर्दै लगातार १५ वर्षसम्म चीनको कमर्शियल भेहिकल निर्यातमा नेतृत्व कायम राखेको छ। हाल फोटोनका गाडीहरू १४० भन्दा बढी देशमा उपलब्ध छन्, जहाँ यसको बढ्दो ग्लोबल पार्टनर इकोसिस्टमले समर्थन गरिरहेको छ।
यो वृद्धि गति नयाँ वर्षमा पनि कायम छ। जनवरी २०२६ मा फोटोनले चीनमा ५५,५५३ युनिट बिक्री गरेको छ भने ओभरसिज बिक्री १५,१०२ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतको वृद्धि हो।
नेपालमा पनि फोटोनको उपस्थिति सुदृढ हुँदै गएको छ। १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र CCS2 टाइप DC फास्ट–चार्जर नेटवर्क अन्तर्गत १५६ भन्दा बढी चार्जिङ पोइन्टमार्फत ग्राहकहरूले सहज रूपमा इलेक्ट्रिक मोबिलिटी अपनाउन सक्नेछन्।
फोटोनले आगामी दिनमा पनि मूल्य, विश्वसनीयता र भविष्य–केन्द्रित कमर्शियल सोलुसन्स प्रदान गर्ने लक्ष्यलाई निरन्तरता दिनेछ। ग्राहकहरूलाई नजिकैको फोटोन शोरुम भ्रमण गरी “ड्राइभ टु ग्रेट” यात्रामा सहभागी हुन आमन्त्रण गरिएको छ।
आईसीटी समाचार