कीवर्डहरू -

ग्लोबल मनी वीक २०२६ मा ईबीएलद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी वीक २०२६ मा ईबीएलद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम

एभरेष्ट बैंक लिमिटेड (ईबीएल)ले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत ९ देखि चैत १७ सम्म सातै प्रदेशका विभिन्न विद्यालय र क्याम्पसमा कार्यक्रम आयोजना गर्दै ३ हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता सन्देश प्रवाह गरेको जनाएको छ।

बैंकले सञ्चालन गरेका कार्यक्रममा “स्मार्ट मनी टक्स” नामक सत्रमार्फत युवालाई वित्तीय ज्ञान, सीप, मितव्ययिता, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवाको प्रयोगबारे सचेत गराइएको थियो। साथै, केही विद्यार्थीलाई बैंकको शाखा कार्यालयमै अवलोकन गराई बैंकिङ सेवाबारे व्यावहारिक जानकारी पनि दिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

ईबीएलका अनुसार बैंकसँग हाल करिब १४ लाखभन्दा बढी ग्राहक छन्। बैंकले १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटीएममार्फत सेवा दिइरहेको छ। साथै, आधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधासहित भारत र अन्य मुलुकमा समेत प्रतिनिधि कार्यालय राखेर सेवा विस्तार गर्दै आएको जनाएको छ।