कीवर्डहरू -

गोगोरो स्कुटरको ‘बायब्याक ग्यारेन्टी’ योजना, किनेको ५ वर्षभित्र स्कुटर फिर्ता गरेमा १ लाख पाइने

गोगोरो स्कुटरको ‘बायब्याक ग्यारेन्टी’ योजना, किनेको ५ वर्षभित्र स्कुटर फिर्ता गरेमा १ लाख पाइने

नेपालको विद्युतीय सवारी क्षेत्रका लागि एक ऐतिहासिक कदमको रुपमा गोगोरो (नेपालमा अधिकृत साझेदार नेब्युला इनर्जी) ले पहिलोपटक ‘बायब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत गोगोरोले ग्राहकको विश्वास बलियो बनाउँदै दीर्घकालीन मूल्य सुनिश्चितताको नयाँ मापदण्ड तय गरेको छ।

यस योजनाअन्तर्गत गोगोरो स्कुटर खरिदकर्ताले सवारी प्रयोग गरेको ५ वर्ष वा ४० हजार ००० किलोमिटर (जुन सर्त पहिले पूरा हुन्छ) भित्र स्कुटर फिर्ता गरेमा १ लाख रुपैयाँको सुनिश्चित पुनः खरिद मूल्य प्राप्त गर्नेछन्। २०८२ साल साउन १९ गतेदेखि लागू हुने यो कार्यक्रम विद्युतीय सवारीतर्फको संक्रमणलाई सहज र भरपर्दो बनाउन उद्देश्य गरिएको हो।

गोगोरो नेपालका महाप्रबन्धक चिरञ्जीवी शाहले बायब्याक योजनामार्फत भविष्यको यातायात निर्माण गर्ने  प्रतिबद्धता झनै बलियो बनाएको बताए ।

गोगोरो स्कुटरलाई चार्ज गर्नुपर्दैन् । यो ब्याट्री स्वाप प्रविधिमा आधारित छ । गोगोरोले ब्याट्रीहरूका लागि स्वाप स्टेशनको नेटवर्क पनि विस्तार गर्दै आएको छ ।

अहिले काठमाडौं उपत्यकामा ४५ ठाउँमा ब्याट्री स्वाप प्रविधि राखिएको छ । ग्राहकले आफू नजिकको स्वाप स्टेशनमा गएर चार्ज सकिएको ब्याट्री साटेर तुरुन्तै पूर्ण चार्जको ब्याट्री पाउन सक्छन्।