कीवर्डहरू -

गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो मोबाइल एप, के के छन् सुविधा ?

गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गर्‍यो मोबाइल एप, के के छन् सुविधा ?

गोकर्णेश्वर नगरपालिकाले नागरिकहरूको सुविधा लक्षित गर्दै आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । नगरवासीहरूलाई अनलाइनबाटै सेवा प्रदान गर्ने उद्देश्यसहित नगरपालिकाले एप सञ्चालनमा ल्याएको हो । 

गोकर्णेश्वर नगरपालिका एपमा गुनासो र सुझाव पठाउने, विकास योजनाका विचार साझा गर्ने, सूचना र समाचार पाउने, आपतकालीन सेवा सम्पर्क गर्ने तथा धार्मिक–पर्यटकीय स्थलहरूको जानकारी प्राप्त गर्ने सुविधा समावेश गरिएको छ । 

यस बाहेक सिफारिस, स्वास्थ्य कार्ड लगायतका सेवा अब घरमै बसेर माग गर्न सकिनेछ । यी सुविधा हाल तयारीको अन्तिम चरणमा रहेको र चाँडै सुरू हुने बताइएको छ ।

नगरपालिकाका नगर प्रमुख दिपक रिजालले भ नागरिक र प्रशासनबीचको दूरी घटाउने र पारदर्शिता बढाउने विश्वास लिएको र  आगामी दिनमा सबै नगरपालिका सेवाहरूलाई एपमा एकीकृत गर्दै जाने बताए । 

गोकर्णेश्वर नगरपालिका एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ । यसलाई गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा खोजी गरेर सजिलै डाउनलोड गर्न सकिन्छ।