फ्यूचर एआई सेन्टिमेन्ट वेभ ३ को रिपोर्ट अनुसार, अमेरिकामा ५५ प्रतिशत र बेलायतमा ६२ प्रतिशतमानिसहरू अब सर्च इञ्जिनको सट्टा एआई च्याटबोटहरू प्रयोग गरिरहेका छन्।
मानिसहरू भन्छन् गुगल, लिंक र विज्ञापनहरूको भीड देखाउँछ, जबकि एआई सिधा र ठ्याक्कै जवाफ दिन्छ। यही कारणले प्रयोगकर्ताहरूको भरोसा अहिले जनरेटिभ एआईतर्फ बढी छ।
एआई लोकप्रिय हुनुको सबैभन्दा ठूलो कारण हो, पर्सनलाइजेशन। च्याटबटहरूले कुराकानीको जस्तो स्टेप-बाइ-स्टेप समाधान दिन्छन्। यसले प्रयोगकर्तालाई न केवल सही जानकारी दिन्छ, समय र मेहनत दुवै बचत गर्छ।
एआईले सजिलो बनाइरहेको धेरै कामहरू
-
ट्राभल प्लानिङ: अब मानिसहरूले गुगलमा होटल र टिकट खोज्ने सट्टा एआईबाट पूरा ट्रिप स्केड्युल बनाइराख्न लगाएका छन्।
-
फिटनेस रुटिन: पर्सनलाइज्ड वर्कआउट र डाइट चार्टका लागि च्याटबोटहरूमा भरोसा बढेको छ।
-
गिफ्ट सजेशन: बजेट, अवसर र रुचि बताएपछि एआई तुरुन्तै उपयुक्त गिफ्टको सूची बनाइदिन्छ।
-
टेक ट्रबलशुटिङ: ल्यापटप–फोनका समस्या अहिले एआईबाटै समाधान हुँदैछन्, फोरमहरूमा खोज्नुपर्दैन्।
-
प्रोडक्ट कम्प्यारिजन: मानिसहरू गुगलमा समीक्षा पढ्ने सट्टा एआईबाट तुलना गराउन बढी रुचाउँछन्।
-
ई-मेल र मेसेज ड्राफ्टिङ: अफिस मेल वा कभर लेटर लेखाउन एआई उपयोगी सावित भइरहेको छ।
यद्यपि तथ्य जाँच गर्न र प्रमाणित स्रोतबाट जानकारी लिन अहिले पनि सर्च इञ्जिन आवश्यक रहेको विज्ञहरूको भनाइ छ । तर प्राथमिक विकल्पको रूपमा अहिले मानिसहरू एआईलाई रोजिरहेका छन्। च्याटजीपीटी जस्ता उपकरणहरूले दैनिक अरबौं प्रम्प्टहरू ह्यान्डल गरिरहेका छन् र यही ट्रेन्ड गुगलका लागि चुनौती बन्न थालेको छ।