गुगलले निःशुल्क खाता सँगै १५ जीबी स्टोरेज निःशुल्क दिन्छ । आजको डेटा युगमा यो १५ जीबी कहाँ सकिन्छ भन्ने थाहा नै हुँदैन् । यस्तो अवस्थामा मानिसहरूले गुगललाई पैसा तिरेर अतिरिक्त स्टोरेज प्लान किन्ने गर्दछन ्। ध्यान दिनुपर्ने कुरा के हो भने, गुगलले दिने यो १५ जीबी स्टोरेजको ठूलो हिस्सा तपाईंको इमेलहरूले नै प्रयोग गर्छन् । र यहाँ महत्वपूर्ण कुरा के छ भने, यो स्टोरेजको अधिकांश भाग यस्ता इमेलहरूले खपत गर्छन्, जुन तपाईंका लागि बिल्कुलै कामका हुँदैनन् ।
यिनै कुराहरूलाई ध्यानमा राख्दै, गुगलले तपाईंका लागि जिमेल एपमा एक धेरै उपयोगी फिचर ल्याएको छ । यसको मद्दतले तपाईं त्यस्ता इमेलहरूलाई एक क्लिकमा हटाउन सक्नुहुन्छ जुन यतिकै तपाईंको जिमेल स्टोरेज खपत गरिरहेका छन् । यसका साथै सम्भवतः तपाईं आफ्नो गुगल खाता स्टोरेजमा यति धेरै ठाउँ खाली गर्न सक्नुहुनेछ कि तपाईंलाई अतिरिक्त स्टोरेजका लागि पैसा तिर्नै नपर्ला ।
गुगलले आफ्नो जिमेल एपमा एक अत्यन्त उपयोगी फिचर ल्याएको छ । यस फिचरको सहयोगले तपाईं दैनिक हजारौं संख्यामा इनबक्स भरिरहने अनावश्यक इमेलहरूबाट छुटकारा पाउन सक्नुहुन्छ । प्रायः हामी कुनै वेबसाइट भ्रमण गर्दा वा त्यसको सेवा प्रयोग गर्दा, अनजानेमा हामी त्यसको न्यूजलेटर वा अपडेट इमेलहरूको लागि पनि साइनअप गर्छौं । केही वेबसाइटहरूले त जानाजान यस्तो सब्स्क्रिप्सन गराउँछन्।
यी इमेलहरूबाट छुटकारा दिलाउनकै लागि गुगलले जिमेल एपमा म्यानेज सब्स्क्रिप्सन नामको फिचर थपेको हो। यसको प्रयोग गरेर तपाईं सबै बेकामका इमेलहरू अनसब्स्क्राइब गर्न सक्नुहुन्छ र आफ्नो गुगल स्टोरेज अनावश्यक कुरामा खर्च हुनबाट जोगाउन सक्नुहुन्छ ।
यो फिचर प्रयोग गर्नका लागि सबैभन्दा पहिला आफ्नो जिमेल एप अपडेट गर्नुहोस् । त्यसपछि जिमेल एप खोल्दा माथिल्लो बायाँ कुनामा रहेको ह्यामबर्गर मेनु (≡) मा जानुहोस् । त्यसमा तल स्क्रोल गरेपछि तपाईंलाई म्यानेज सब्स्क्रिप्सन भन्ने विकल्प देखिनेछ । त्यसमा ट्याप गरेपछि तपाईंलाई ती सबै साइटहरूको सूची देखाइनेछ जहाँबाट तपाईंलाई दैनिकरूपमा इमेलहरू पठाइन्छन् । ती प्रत्येक नामको अगाडि अनसब्स्क्राइब गर्ने आइकन देखिनेछ । त्यसमा क्लिक गरेर तपाईं सजिलै यस्ता इमेलहरूबाट छुटकारा पाउन सक्नुहुन्छ । यसले तपाईंको गुगल स्टोरेजको ठूलो हिस्सा बचाउन मद्दत गर्नेछ ।
गुगलले यो फिचर बिस्तारै रोलआउट गरिरहेको छ । यदि तपाईंको मोबाइलमा यो फिचर अहिले आएको छैन भने, आफ्नो जिमेल वा गुगल एपलाई अपडेट गरिराख्नुहोस् र बेला बेलामा जाँच गरिरहनुहोस् ।