गुगलको डिस्कभर कन्टेन्ट फिडमा नयाँ सुविधाहरू थपिँदैछन्। अब यसमा वेबमा प्रकाशित लेख मात्र नभई सोसल मिडिया पोस्टहरू (जस्तै इन्स्टाग्राम र एक्स) साथै युट्युब सर्ट्स पनि समावेश हुनेछन्।
गुप्रयोगकर्ताले लेख मात्र नभई भिडियो र सोसल मिडिया पोस्टहरूको मिश्रण हेर्न रुचाउने अनुसन्धानमा देखिएको गूगलले बताएको छ । यी परिवर्तनहरू केही साताभित्र प्रयोगकर्ताको फिडमा देखिन थाल्नेछन्।
यससँगै, प्रयोगकर्ताले आफ्नो फिडलाई कस्टमाइज गर्न सक्ने सुविधा पनि सुरु भएको छ। अब प्रयोगकर्ताले कुनै क्रिएटर वा प्रकाशकलाई फलो गर्न सक्नेछन्, जसले गर्दा उनीहरूको कन्टेन्ट बढी देखिनेछ।
यस्तै, क्रिएटरको नाममा ट्याप गरेर सोसल पोस्ट र लेखहरूको पूर्वावलोकन गर्ने विकल्प पनि उपलब्ध हुनेछ। यो सुविधा हालै गुगल सर्चमा थपिएको 'मनपर्ने समाचार स्रोत रोज्ने' सुविधासँग मिल्दोजुल्दो छ।
गुगलले पछिल्ला महिनामा डिस्कभर फिडमा एआईद्वारा तयार गरिएको सारांश र फिडकै आधारमा स्वचालित रूपमा पोडकास्ट बनाउन सक्ने उपकरण पनि ल्याइसकेको छ।