गुगल म्याप्सले डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा स्ट्रिट भ्यु सेवा सुरू गरेको छ । अब संसारको कुनै पनि कुनाबाट कसैले पनि गूगल म्याप्सको स्ट्रिट भ्यु चित्रमार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्नेछन् ।
अब तपाईं काठमाडौंका जीवन्त सडक गल्लीहरूमा टहलिन सक्नुहुन्छ । तपाईं शान्त सुन्दर तराई क्षेत्रको अन्वेषण गर्न सक्नुहुन्छ । तपाईं हिउँले ढाकिएका राजसी हिमालहरूको मनोरम भव्य दृश्य देखाउने घुमाउरा सडकमा भर्चुअल यात्रा गर्न सक्नुहुन्छ । यी सबै तपाईंको फोन वा कम्प्युटरबाट सजिलै सम्भव छ ।
यसले तपाईँलाई अनुभूतिको संसारमा प्रवेश गराएर नेपालको समृद्ध वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ।
यस सुरुवातले विश्वलाई नेपाल अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ जसले नेपालको समृद्ध सांस्कृतिक सम्पदा र पर्यटन सम्भावना दुवैलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।
नेपालका नवीनतम दृश्यहरू हेर्नको लागि, आफ्नो फोन वा कम्प्युटरमा गूगल म्याप्स खोल्नुहोस् । 360° भ्यु वा पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गर्नुहोस्। अनि हेर्न सकिने छ ।