दुनियाभरमा हरेक महिना १ अर्बभन्दा बढी मानिस गुगल म्याप्स प्रयोग गर्छन् । यो एप तपाईंले रोजेको लोकेसनको वरिपरि ३६० डिग्रीका तस्वीरहरू देखाएर यात्रुहरूलाई बाटो फेला पार्न मद्दत गर्छ । तर यस एपमा एउटा यस्तो फीचर छ जुन तपाईंको प्राइभेसीलाई खतरा पुर्याउन सक्छ, र यसको बारेमा धेरैजसोलाई जानकारी छैन ।
स्ट्रिट भ्यू गुगल म्याप्सको एउटा सर्भिस हो जसले विश्वका सडकहरूको प्यानोरामिक इमेज देखाउँछ । यी इमेजहरू गुगलका कारहरूले सार्वजनिक सडकमा घुम्दै रेकर्ड गर्छन् ।
एक्सपर्ट्सको भनाइ छ कि यो फीचर मानिसहरूको प्राइभेसीको लागि जोखिमपूर्ण हुन सक्छ । तपाईंको घरको तस्वीर उपलब्ध भएकाले कोइ पनि घरको स्थिति र सम्पत्तिको विवरण पत्ता लगाउन सक्छ । अपराधीहरूले यी जानकारीहरूको दुरुपयोग गर्न सक्छन् ।
सायबर सेक्युरिटी एक्सपर्ट्सले चेतावनी दिन्छन् कि स्ट्रिट भ्यूबाट घरको बाहिरी दृश्य हेरेर कुनै सम्भावित चोरले घरको मूल्य र त्यहाँ पार्क गरिएका महँगा कारहरूबारे अनुमान लगाउन सक्छ । यदि कुनै घरको बाहिरी दृश्यमा बिएमडब्लु वा मर्सिडीज जस्ता महँगा कार देखिन्छ भने, त्यो घर टार्गेट हुनसक्छ ।
घर ब्लर गर्नका लागि के गर्ने
-
गुगल म्याप्समा आफ्नो घर खोज्नुहोस् ।
-
तल दायाँतिर रहेको ‘रिपोर्ट अ प्राब्लम’ विकल्पमा क्लिक गर्नुहोस् ।
-
खुलेको फर्ममा ब्लर गर्न चाहेको क्षेत्र चिन्हित गरी सबमिट गर्नुहोस् ।
यसरी तपाईं आफ्नो घर स्ट्रिट भ्यूबाट हटाउन वा ब्लर गर्न सक्नुहुन्छ, र प्राइभेसी सुरक्षित राख्नसक्नुहुन्छ ।