कीवर्डहरू -

गुगलको नयाँ एआई फिचर ‘सिम्प्लीफाई’ आइफोन प्रयोगकर्ताका लागि सार्वजनिक

गुगलको नयाँ एआई फिचर ‘सिम्प्लीफाई’ आइफोन प्रयोगकर्ताका लागि सार्वजनिक

गुगलले आइफोन प्रयोगकर्ताहरूका लागि “सिम्पलीफाई” नामक नयाँ एआई सुविधा ल्याएको छ । नामले नै जनाएझैं, यो सुविधा जटिल र प्राविधिक जानकारीलाई सजिलो र बुझ्न मिल्ने भाषामा रूपान्तरण गर्छ ।

यो सुविधा गुगल एपकै भित्र काम गर्छ, जसले गर्दा प्रयोगकर्तालाई कुनै अर्को वेबसाइट वा एपमा जानु नपर्ने हुन्छ । यसको प्रयोग गर्दै प्रयोगकर्ताले वेबपेजमा भएका गाह्रो जानकारीहरूलाई सजिलो रूपमा पढ्न सक्छन् ।

गुगलको भनाइअनुसार, जसले यो फिचरको परीक्षण गरेका थिए, उनीहरूलाई सरल बनाइएको टेक्स्ट पहिलाकोभन्दा धेरै उपयोगी र बुझ्न मिल्ने लागेको थियो । यद्यपि, कम्पनीले यो फिचरमा केही सीमाहरू पनि रहेको बताएको छ र गल्तीबाट बच्न निरन्तर निगरानी आवश्यक हुने उल्लेख गरेको छ ।

यो कसरी काम गर्छ?

सिम्प्लीफाई फिचर गुगल रिसर्च र जेमिनाई एआईको संयुक्त प्रयासमा विकास गरिएको हो । यसको उद्देश्य हो—जटिल र वैज्ञानिक भाषालाई सर्वसाधारणको भाषामा रूपान्तरण गर्नु, तर यस्तो गर्दा आवश्यक जानकारी हटाउनु नपरोस् ।

अर्थात्, मेडिकल वा वैज्ञानिक शब्दावलीमा बुझ्न गाह्रो हुने कुराहरूलाई यो फिचरले स्पष्ट र सजिलो भाषामा बुझाउने प्रयास गर्छ ।