कीवर्डहरू -

ग्रीस सरकारद्वारा ‘किड्स वालेट’ एप सार्वजनिक: बालबालिकाको डिजिटल सुरक्षा र स्क्रिन टाइम नियन्त्रणमा नयाँ कदम

ग्रीस सरकारद्वारा ‘किड्स वालेट’ एप सार्वजनिक: बालबालिकाको डिजिटल सुरक्षा र स्क्रिन टाइम नियन्त्रणमा नयाँ कदम

ग्रीस सरकारले ‘किड्स वालेट’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । बच्चाहरूको स्क्रिन टाइम सीमित गर्नु र डिजिटल प्लेटफर्महरूमा उनीहरूको उमेरको पुष्टि गर्ने उद्देश्यसहित यो एप सार्वजनिक गरिएको हो । 

यो सरकारी पहललाई ग्रीसका डिजिटल शासन मन्त्री दिमित्रिस पापास्टरजियूले एथेन्समा प्रस्तुत गरेका थिए । यसले अभिभावकहरूलाई आफ्ना बच्चाहरू अनलाइनमा सुरक्षित राख्न सहयोग गर्ने पापास्टरजियूको भनाइ छ । 

यो एप सामाजिक सञ्जालमा बच्चाहरूको उमेर पुष्टि गर्न उपयोगी भएपनि भविष्यमा सरकारी पहलहरूमा डिजिटल पहिचान उपकरणको रूपमा पनि प्रयोग हुने उनले जानकारी दिए । 

किडस वालेटएप ग्रीसको सरकारी डिजिटल सेवा प्लेटफर्मसँग जोडिएको छ, जुन नागरिकहरूले पहिले नै कर तिर्न र अन्य सरकारी कामहरूका लागि प्रयोग गर्दै आएका छन् ।

एप बच्चाको फोनमा इन्स्टल गरेपछि अभिभावकले आफ्नो कर पहिचान नम्बर प्रयोग गरी लगइन गरेर एक अभिभावक–बच्चा खाता बनाउँछन् । त्यसपछि उनीहरूले निर्णय गर्न सक्छन् कि बच्चाले कुन एप र वेबसाइटहरू प्रयोग गर्न सक्छ र कति समयसम्म ।

अभिभावकले आफ्नो सरकारी खाताबाट प्राप्त कागजातमार्फत बच्चाको उमेर पुष्टि गरी डिजिटल पहिचान बनाउँछन् । यो एपले बच्चाको सन्देशहरू पढ्दैन, तर स्क्रिन टाइम र अनलाइन गतिविधिको सामान्य जानकारी दिनेछ ।

एपको प्रयोग अनिवार्य गरुिएको छैन, तर यसलाई व्यापक रूपमा अपनाइने अपेक्षा गरिएको छ । १५ वर्षसम्मको उमेरका बच्चाहरूका लागि अभिभावकीय सहमति आवश्यक पर्नेछ भने सरकारले ठूला डिजिटल कम्पनीहरूलाई एपलाई समर्थन गर्न आग्रह गरेको छ ।