कीवर्डहरू -

नेपाल पे क्युआरसँग हाम्रो पेको सहकार्य, ६ महिनासम्म कारोबार शुल्क नलाग्ने

नेपाल पे क्युआरसँग हाम्रो पेको सहकार्य, ६ महिनासम्म कारोबार शुल्क नलाग्ने

हाम्रो पेले नेपाल पे क्युआरसँगको सहकार्यमार्फत इन्टर-अपरेबल क्युआर सेवा सुरु गरेको छ । यसले गर्दा व्यापारीहरूले जुनसुकै मोबाइल बैंकिङ एप वा डिजिटल वालेटबाट सहजै भुक्तानी स्वीकार गर्न सक्नेछन्।

यो नयाँ सुविधाले व्यवसायीहरूलाई कुनै एउटा वालेटमा मात्र सीमित नभई देशभरका ग्राहकहरूसँग सहज कारोबार गर्ने स्वतन्त्रता प्रदान गर्ने बताइएको छ । 

व्यवसायहरूले सहज रूपमा अनलाइन भुक्तानी प्रणाली अपनाउन सकून् भन्ने उद्देश्यले हाम्रो पेले विशेष प्रमोशनल अफर समेत सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत आवद्ध हुने व्यवसायीहरूले  हाम्रो पेको अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्दा कुनै पनि इन्टिग्रेशन शुल्क वा वार्षिक शुल्क तिर्नुपर्ने छैन।

साथै, सुरुवाती ६ महिनासम्मका लागि कुनैपनि कारोबार शुल्क (Transaction Fee) समेत नलाग्ने व्यवस्था गरिएको छ।

क्युआर भुक्तानीसँगै हाम्रो पेले अनलाइन व्यापारका लागि आफ्नो ‘पेमेन्ट गेटवे’ सेवालाई पनि अझ सजिलो बनाएको छ। अब व्यापारीहरूले सजिलै दर्ता (अनबोर्डिङ) गरेर  तुरुन्तै अनलाइन भुक्तानी लिन सुरु गर्न सक्नेछन्।

कम्पनीकी फिनटेक डाइरेक्टर सुदिना गौतमका अनुसार, यो पहलले नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ अघि बढाउन मद्दत गर्नेछ र व्यवसायहरूलाई आधुनिक डिजिटल बजारमा सहज रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ।