अनरले आफ्नो नयाँ स्मार्टफोन सिरिज 'अनर ४०० ५जी' विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सार्वजनिक गरेको छ। ‘अनरको एआई शिखरमै, संसारको शिखरमै’ भन्ने नारासहित गरिएको स्मार्टफोन सार्वजनिक गरिएको हो ।
अनर ४०० ५जी सेरिजले प्रयोगकर्तालाई अत्याधुनिक सुविधा दिने प्रतिबद्धता गरेको छ। स्टाइलिश डिजाइन, उच्चस्तरीय क्यामेरा र शक्तिशाली एआई फिचरहरू समेटिएको यो स्मार्टफोनले जुनसुकै उचाइमा पनि भरपर्दो प्रदर्शन गर्न सक्षम रहेको कम्पनीले दाबी गरेको छ।
उक्त स्मार्टफोनमा २०० मेगापिक्सेल क्षमताको अल्ट्रा-क्लियर एआई क्यामेरा जडान गरिएको छ। यसमा एआई इमेज टु भिडियो, एआई पोट्रेट स्न्याप, एआई रिमुभ रिफ्लेक्सन, एआई इरेजर, एआई सुपर जुम, एआई आउटपुटिङ तथा एआई अपस्कले जस्ता सुविधा रहेका छन् ।
यसमा ६००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले लामो समयसम्म टिकाउ शक्ति प्रदान गर्ने कम्पनीको भनाइ छ । त्यस्तै, १०० वाटको फास्ट चार्जिङ सपोर्टले केही मिनेटमै फोन चार्ज गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ।
स्मार्टफोनको पहिलो बिक्री आगामी असार २ गतेबाट सुरु हुनेछ । अहिले प्रिबुकिङ खुला रहेको छ । प्रि-बुक गर्ने ग्राहकहरूलाई विशेष उपहार प्रदान गरिने छ ।