अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट, स्टाइलिस् र एआई फिचरले भरिपूर्ण रहेको छ।
दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध अनर एक्स सिक्स सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्ने विश्वास समेत व्यक्त गरिएको छ ।
अनरले सीमित अवधिको अफर नछुटाउन आग्रह समेत गरेको छ । कम मूल्यमा उत्कृष्ट प्रविधिको अनुभव लिन आग्रह समेत गरिएको छ ।
यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आइपी सिक्स फोर (IP64) प्रोटेक्सन र एआई एक्सन बटन(AI Action Button) जस्ता विशेषताहरू छन्।
सुरुवाती लञ्च उत्सवको अवसरमा, अनर एक्स सिक्स सीको खरिदमा चार हजार बराबरको अनर एक्स सेभेन इ एयसबड्स निःशुल्क प्राप्त गर्न सकिने छ । उक्त अफर यही साउन १५ गतेसम्म मात्र लागु हुनेछ।