स्मार्टफोनको आगमनपछि विस्तारै डिजिटल क्यामेराको आवश्यकता लगभग समाप्त हुँदै गएको छ । अहिले सबैले आफ्नो फोटो खिचेपछि फोनमै सेभ गर्छन् । यस्तो अवस्थामा धेरैपटक फोनमा सेभ गरिएका फोटोहरू गल्तीले डिलिट हुने गर्छन् ।
यदि तपाईं पनि आफ्नो फोनबाट डिलिट भएका फोटोहरू पुनः प्राप्त गर्ने तरिका खोजिरहनु भएको छ भने यो लेखले तपाईंको समस्या समाधान गर्न सक्छ । यहाँ हामी तपाईंलाई स्टेप बाई स्टेप तरिकाले फोनबाट डिलिट भएका फोटो कसरी फिर्ता ल्याउने भन्ने जानकारी दिँदैछौं ।
गुगल फोटोजबाट डिलिट फोटो कसरी रिकभर गर्ने?
यदि तपाईंले आफ्नो फोटो गुगल फोटोजमा सेभ गर्नुभएको थियो भने, डिलिट फोटो सजिलै रिकभर गर्न सकिन्छ । यहाँ हामी तपाईंलाई स्टेप बाई स्टेप तरिका बताउँदैछौं ।
सबैभन्दा पहिले आफ्नो फोनमा गुगल फोटोज एप खोल्नुहोस् । अब तपाईंलाई तल लाइब्रेरी भन्ने अप्सन देखिनेछ, यसमा ट्याप गर्नुहोस् ।
यहाँ ट्र्यास अप्सनमा क्लिक गर्दा तपाईंलाई फोनबाट डिलिट गरिएका फोटोहरू देखिनेछन् । जुन फोटो तपाईंले रिकभर गर्न चाहनुहुन्छ, त्यसलाई चयन गर्नुहोस् र रिस्टोर मा क्लिक गर्नुहोस् ।
उपरोक्त तरिकाबाट तपाईं फोनबाट डिलिट गरिएका फोटोहरू रिकभर गर्न सक्नुहुन्छ । यद्यपि, यस अप्सनमार्फत तपाईं ६० दिनभन्दा पुराना डिलिट फोटो रिकभर गर्न सक्नुहुन्न ।
फोटो ग्यालेरी एपबाट डिलिट फोटो कसरी रिकभर गर्ने?
यदि तपाईंले फोनमा गुगल फोटोज एप राख्नुभएको छैन वा तपाईं यो एपको सट्टा फोनको फोटो ग्यालेरी एप प्रयोग गर्नुहुन्छ भने पनि तपाईं आफ्नो फोनबाट डिलिट भएका फोटो रिकभर गर्न सक्नुहुन्छ । तर यहाँ तपाईं ३० दिनभन्दा पुराना डिलिट फोटो रिकभर गर्न सक्नुहुन्न ।
सबैभन्दा पहिले आफ्नो फोनमा फोटो ग्यालेरी एप खोल्नुहोस् ।अब तपाईंलाई रिसेन्ट्ली डिलिटेड फोल्डर अप्सनमा क्लिक गर्नुपर्छ । यहाँ तपाईंलाई हालै डिलिट गरिएका फोटोहरू देखिनेछन्, जुन फोटो रिकभर गर्न चाहनुहुन्छ, तिनीहरू चयन गरेर रिकभर गर्नुहोस् ।