कीवर्डहरू -

ह्वावेको पहिलो स्मार्ट फ्युजन ईभी चार्जिङ नेटवर्क हेटौडामा स्थापना

ह्वावेको पहिलो स्मार्ट फ्युजन ईभी चार्जिङ नेटवर्क हेटौडामा स्थापना

विश्व वातावरण दिवस २०२५ को अवसरमा हुवावे नेपालले आफ्नो फ्युजन चार्ज 'स्मार्ट ईभी चार्जिङ' नेटवर्कको सुरुवात गरेको छ । गाडी चार्ज प्रालि र निक (नेपाल एकरात इन्जिनियरिङ कम्पनी) सँगको सहकार्यमा, हुवावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरेको हो ।

ह्वावेले सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ्ग नेटवर्क पुर्याउने लक्ष्य राखेको छ, जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने बताइएको छ। 

बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको ईभी चार्जिङ्गमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा, हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरेका छन् । यस शुरुवातले २०२५ को अन्त्यसम्ममा देशभर थप ९ वटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेशनहरू मार्फत भविष्यका लागि स्वच्छ उर्जामा आधारित व्यवस्थित र स्तरिय  यातायात पूर्वाधारको नयाँ जग बसाल्ने ह्वावेले जनाएको छ । 

फ्युजन चार्ज, हुवावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट इभि चार्जिङ सोलुसन हो, जसले फोटोभोल्टिक्स (PV) र ऊर्जा भण्डारण प्रणाली (ESS) लाई एकीकृत गर्दै विध्युत ग्रिड-मैत्री, हाई-एफ़िसिएन्सि स्मार्ट चार्जिङ्ग अनुभव दिनेछ ।

लिक्विड कुल्ड मोड्युलर आर्किटेक्चर र बहु-स्तरीय पावर पूलिंगको साथ डिजाइन गरिएको यस  प्रविधिले ५०० किलोवाट सम्मको अल्ट्रा-फास्ट चार्जिङलाई सपोर्ट गर्दछ, जसले व्यक्तिगत सवारी साधनदेखि सार्वजनिक यातायात फ्लीटहरूसम्म सबै प्रकारहरूको सवारी साधनका लागि सुरक्षित र स्केलेबल, दिर्घकालिन  चार्जिङ समाधान सुनिश्चित गर्नेछ। 

फ्युजन चार्ज प्रविधिले व्यक्तिगत सवारी साधनदेखि ठूला फ्लीटहरूसम्म सबै किसिमका इभि गाडीहरुका लागि चार्जिङ्ग सपोर्ट गर्दछ ।  यसले पावर एफ़िसिएन्सि ८० प्रतिशतसम्म बढाई liquid cooled डिजाइन मार्फत अत्यधिक तापक्रम (-३५°C देखि ४५°C सम्म) मा पनि सुरक्षित, अल्ट्रा-फास्ट चार्जिङ (५०० किलोवाट सम्म) सुनिश्चित गर्दछ।

मोड्युलर र स्केलेबल संरचनाको साथ, यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशन र सुरक्षा मार्फत तपाईंको लगानीलाई समेत सुरक्षित गर्दछ। यसको शान्त अपरेशन (५० dB मुनि) तथा युनिवर्सल कम्पाटिबिलिटिले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-मागका सार्वजनिक स्टेशनहरू सम्म सहज चार्जिङ्ग अनुभव प्रदान गर्नेछ।