सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) दिने समय थप भएको छ ।
अब क्याटोगोरी एमा भदौ २१ गतेसम्म, क्योटोगोरी बी र सीमा भदौ ३० गतेसम्म तथा क्याटोगोरी डीमा असोज २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने छ ।
क्याटोगोरी एमा स्वंम प्रतिस्पर्धीले नै आवेदन दिनुपर्ने छ भने क्याटोगोरी बी र सीमा आफै वा अरू कसैले पनि अनलाइन फाराम भरिदिन सक्ने छन् ।
सन् २०१६ देखि लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष १५ विधाहरुमा अनलाइन नोमिनेसन खुल्ला गरिएको छ ।
अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन ।
क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधा अन्तर्गत पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन ।
यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन लिइने छ । यस अन्तर्गत डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी (इन्टरप्राइज सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी (नियो सेक्टर) अवार्ड विधाहरु रहेका छन् ।
यस्तै क्याटोगोरी डी अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आइसिटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, भुटान, माल्दिभ्स, नेपालका, अफगानस्थानका स्टार्टअपहरुले आवदेन दिन सक्ने छन ।
यस्तो छ आवेदन दिने तरिका
तपाईहरूले आइसिटी अवार्डमा १५ विधाहरूमध्ये आफुलाई इच्छा लागेको विधामा आवेदन दिन सक्नुहुनेछ ।
आइसिटी अवार्डमा आवेदन दिन सुरूमा ictaward.org मा जानुहोस् वा सिधैं यहाँ क्लिक गर्नुहोस् । त्यसपछि रजिष्टरमा क्लिक गरेर अकाउन्ट बनाउनुहोस् । यदी तपाईले यसअघि नै अकाउन्ट बनाउनु भएको छ भने सिधैं लगइन गर्न सक्नुहुनेछ ।
अकाउन्ट बनाएपछि युजरनेम र पासवर्ड राखेर लगइन गर्नुहोस् । त्यसपछि क्याटोगोरी अनुसार विभिन्न विधामा आवेदन दिन सकिने छ ।
आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो अवार्डको रहेकाले तपाईहरूको स्टार्टअप, प्रडक्ट वा इन्नोभेसन शोकेस गर्ने एउटा उपयुक्त माध्यम बन्न सक्ने छ ।