कीवर्डहरू -

सुर्खेतमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

सुर्खेतमा युवतीहरूका लागि उदयीमान प्रविधिमा तीनदिने सीप विकास तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयु) र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा महिला सशक्तिकरण र डिजिटल समावेशीकरणको उद्देश्यले 'गर्ल्स इन  आईसिटी नेपाल' कार्यक्रमअन्तर्गत इमर्जिंग टेक्नोलोजी (उदयीमान प्रविधि) मा सीप विकास गर्ने तीनदिने तालिम हुने भएको छ ।

साउन ७ गतेदेखि ९ गतेसम्म सुर्खेतको कौशिक इभेन्ट भेन्यू, वीरेन्द्रनगर–०८, खजुरामा कार्यक्रम हुनेछ । यस कार्यक्रममा देशभरिका १८–२४ वर्ष उमेर समूहका युवतीहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ।

कार्यक्रममा फाइभजी प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स (IoT), क्लाउड कम्प्युटिङ र साइबर सुरक्षा लगायतका उदाउदै गरेका प्रविधिहरूमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ । यी विषयमा विभिन्न विज्ञहरूले आफ्नो प्रस्तुती दिनेछन् । 

सहभागी युवतीहरूले समूहगत अभ्यास, प्रोजेक्ट–वर्क र विशेषज्ञसँगको अन्तर्क्रिया मार्फत आफ्नो सीपमा धार थप्ने अवसर पाउनेछन्। डिजिटल दुनियाँमा महिलाहरूको पहुँच र सहभागितालाई सशक्त बनाउन यो तालिम अत्यन्तै महत्वपूर्ण हुने र नयाँ सीप विकासमा सहयोग पुग्ने बताइएको छ । 

३ दिने तालिमका लागि रुचि राख्ने इच्छुकहरूले थप जानकारी तथा दर्ताका लागि यहाँ क्लिक गरी आवेदन दिन सक्ने छन् । १८ वर्ष भन्दा मुनिका किशोरीहरुले आफ्नो अभिभावकको अकाउन्ट मार्फत फर्म भर्नुपर्ने हुन्छ ।