कीवर्डहरू -

इनड्राइभ नेपालको प्लेटिनम ड्राइभर्स गिभअवे अभियान सुरु, टाटा ईभी कारसम्म जित्ने अवसर

इनड्राइभ नेपालको प्लेटिनम ड्राइभर्स गिभअवे अभियान सुरु, टाटा ईभी कारसम्म जित्ने अवसर

विश्वव्यापी मोबिलिटी तथा अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा चालक साझेदारहरूलाई लक्षित गर्दै “प्लेटिनम ड्राइभर्स गिभअवे” अभियान सुरु गरेको छ।

अघिल्लो संस्करणबाट प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै कम्पनीले यसपटक अभियानलाई अझ परिस्कृत बनाएको जनाएको छ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणको सम्मानस्वरूप यो अभियान ल्याएको हो। अभियानअन्तर्गत चालकहरूले ब्रान्ड न्यू टाटा एक्सप्रेस–टी ईभी कार, याडिया भेलाक्स ईभी स्कूटर, सामसङ स्मार्टफोन र स्टेकेसन प्याकेज जस्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।

क्याम्पेन कसरी चल्छ ?

कम्पनीका अनुसार अभियान फेब्रुअरी २३, २०२६ (२०८२ फागुन ११) देखि मार्च १, २०२६ (फागुन १७) सम्म प्रारम्भिक चरणमा सञ्चालन हुनेछ। यस अवधिमा चालकहरूले कम्तीमा ४५ वटा सवारी (राइड) पूरा गरी प्लेटिनम स्ट्याटस प्राप्त गर्नुपर्नेछ।

त्यसपछि मार्च २, २०२६ (फागुन १८) देखि चालकहरूले साप्ताहिक चुनौतीहरूमा भाग लिन सक्नेछन्। मार्च २ देखि मार्च २९ (चैत १५) सम्म प्रत्येक हप्तामा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका साथै ग्रान्ड प्राइजका लागि पनि योग्य हुनेछन्।

कम्पनीका अनुसार अभियान तीनवटा चुनौतीपूर्ण हप्तामा सञ्चालन हुनेछ र अन्तिम ग्रान्ड विजेताको घोषणा २ अप्रिल २०२६ (२०८२ चैत १९) मा एक विशेष कार्यक्रममा गरिनेछ।

के–के छन् पुरस्कार ?

अभियानअन्तर्गत निम्न पुरस्कारहरू प्रदान गरिनेछन्—

  • टाटा एक्सप्रेस–टी ईभी कार (क्याब श्रेणी ग्रान्ड प्राइज) – १ जना
  • याडिया भेलाक्स ईभी स्कूटर (बाइक श्रेणी ग्रान्ड प्राइज) – २ जना
  • सामसङ स्मार्टफोन – १६ जना
  • स्टेकेसन प्याकेज – ४ जना

साप्ताहिक चुनौतीहरूबाट १६ वटा स्मार्टफोन र ४ वटा स्टेकेसन प्याकेज विजेताहरूलाई प्रदान गरिने कम्पनीले जनाएको छ।

कसरी हुन्छ सहभागिता ?

ग्रान्ड प्राइज जित्न चालकहरूले अभियानको चारै हप्तामा प्लेटिनम स्ट्याटस कायम राख्नुपर्नेछ। कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट भने साप्ताहिक पुरस्कारका विजेताहरू छनोट गरिनेछन्।

चालक साझेदारलाई सशक्त बनाउने प्रयास

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईका अनुसार चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताको मुख्य आधार हुन्।

उनले भनिन्, “हाम्रा ड्राइभर पार्टनर्सहरूको समर्पण, व्यावसायिकता र सेवाप्रतिको प्रतिबद्धताले ‘सबैका लागि निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलता’ भन्ने हाम्रो उद्देश्यलाई व्यवहारमा उतार्न मद्दत गरेको छ। प्रत्येक यात्रा केवल दूरी पार गर्ने प्रक्रिया मात्र होइन, त्यो विश्वास, सुरक्षा र सम्मानको प्रतीक पनि हो।”

उनका अनुसार यो अभियान चालक साझेदारहरूको योगदानप्रति सम्मान व्यक्त गर्ने र उनीहरूको समर्पणलाई सार्वजनिक रूपमा मान्यता दिने उद्देश्यले ल्याइएको हो।

राईले थपिन्, “जब हामी हाम्रा ड्राइभर पार्टनर्सहरूलाई सशक्त, सुरक्षित र समर्थ बनाउँछौं, तब सम्पूर्ण इनड्राइभ इकोसिस्टम अझ बलियो र दिगो बन्छ। यही सोचका साथ हामीले यो मेगा गिभअवे अभियान ल्याएका हौं।”

उनले चालकहरूलाई प्लेटफर्ममा सक्रिय रहन, उत्कृष्ट सेवा प्रदान गर्न र अभियानबाट उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आग्रह पनि गरेकी छन्।