कीवर्डहरू -

काठमाडौंमा इनड्राइभको ड्राइभर्स मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न

काठमाडौंमा इनड्राइभको ड्राइभर्स मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले हालै काठमाडौंमा आफ्ना ड्राइभर पार्टनरहरूसँग ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ । ड्राइभरहरूको मेहनत र समर्पण प्रति कृतज्ञता प्रकट गर्दै आपसी संवादलाई प्रोत्साहन गर्ने र ‘छनोटको स्वतन्त्रता‘ तथा ‘सामुदायिक सशक्तिकरण‘ प्रतिको इनड्राइभको प्रतिबद्धतालाई थप मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा ​​​​​​इनड्राइभको एपीएसी नेतृत्वसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र, उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर पार्टनरहरूको सम्मान एवं प्रशंसा समारोह र चालकहरूको अनुभव र समर्थन प्रणाली सुधार गर्न खुला छलफल बऐको थियो । 

‘हाम्रो यात्राको सफलताको मूल कारण ड्राइभर पार्टनरहरू हुन्,' इनड्राइभ एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स हेड, निकोलाईले भने, ‘यो भेटघाट र अभिवादन कार्यक्रम हाम्रो चालक–सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्ने एक सानो प्रयास मात्र थियो । तर त्योभन्दा पनि महत्वपूर्ण कुरा, यो अवसर उनीहरूको अनुभवहरू सुन्ने, चासो र चुनौतीहरू बुझ्ने, र उनीहरूसँगै सिक्दै अघि बढ्ने थलो बन्यो ।'

इनड्राइभलाई एउटा यस्तो पिपुल–फर्स्ट प्लेटफर्मको रूपमा निर्माण गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कार्यक्रममा आगामी प्लेटफर्म सुधारहरू र चालक अनुभवलाई अझ सुदृढ पार्ने उद्देश्यले डिजाइन गरिएका नयाँ सुविधाहरू र पहलहरूको घोषणा गरिएको थियो ।

यस अवसरमार्फत, इनड्राइभले टेक्नोलोजी र सेवामा नवप्रवर्तनमार्फत चालक–सहयोगीहरूको जीवनलाई अझ सहज, सुरक्षित, र लाभदायक बनाउने आफ्ना योजनाहरू प्रस्तुत गरेको छ ।