इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र स्टाइलमा नवीनता ल्याउने लक्ष्य राख्दै इनफिनिक्सले यो सहकार्य गरेको हो ।
साझेदारीको घोषणा गर्दै इनफिनिक्स नेपालले भनेको छ, “गेम खेल्नु अब केवल टाइम पास नभई नयाँ पुस्ताको जीवनशैली बनिसकेको छ। ‘डिआरएस’ र ‘हो र’ जस्ता ट्यालेन्टेड टिमहरूसँग मिलेर हामी नेपाली युवाको जोश, सीप र गेमिङ संस्कृतिप्रति हाम्रो समर्थन देखाइरहेका छौँ।”
साझेदारीको विशेष पक्षका रूपमा, ‘डिआरएस’ र ‘हो र’ ले इनफिनिक्सको गेमिङफ्ल्यागशिप फोन ‘जी टी ३० प्रो’ प्रयोग गर्नेछन्। सुपर फास्ट प्रोसेसर, उच्च रिफ्रेस रेट, दीर्घकालीन ब्याट्री क्षमता, र गेमिङमै केन्द्रित स्मार्ट फिचरहरूले सज्जित यो डिभाइसले प्रतिस्पर्धात्मक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न टिमहरूलाई सघाउने कम्पनीको भनाइ छ।