अब अनलाइनबाटै सार्वजनिक निकायमा सूचना माग गर्न सकिने भएको छ ।
राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सकिने अनलाइन पोर्टल सार्वजनिक गरेको हो ।
आयोगले तयार पारेको पोर्टलमा गएर अकाउन्ट बनाएर सूचना माग गर्न सकिने छ । माग गरिएको सूचनाको अवस्था समेत थाहा पाउने गरी पोर्टल बनाइएको छ ।
अनलाइन पोर्टल सार्वजनिक भएसँगै सूचना माग्न अझै सहज भएको छ । यसले सूचना माग्ने र सूचना दिने दुवै पक्षलाई व्यवस्थित बनाउने आशा गरिएको छ ।