काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज उनले प्रमाणीकरण गरेका हुन् ।
आईसीटी समाचार